कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : ठुला उद्योग स्थापनाका लागि प्रोत्साहित गर्ने


तस्वीर : राराखबरडटकमबाट

नेपालगन्ज २२ जेठ : कर्णालीमा प्रदेश सरकारको स्वदेशी तथा बिदेशी लगानीकर्ता आर्कषित गर्ने नीति अपनाउने भएको छ । बुधवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा कर्णाली प्रदेशभित्र उद्योग, कलकारखाना स्थापनाका लागि स्वदेशी तथा बिदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति अपनाउने उल्लेख छ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले कर्णालीमा रोजगारी सिर्जना र उत्पादनमुलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा ठूला उद्योग कलकारखाना स्थापनाका लागि बाटो, बिजुली लगायतका आधारभुत पूर्वाधार उपलब्ध गराई लगानी सुरक्षाको वातावरण निर्माण गरिने उल्लेख छ ।

आगामी आर्थिक वर्षको पौष मसान्तभित्र लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । परम्परागत प्रविधि तथा स्थानीय सीप र कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग स्थापना गर्न प्रोत्साहित गर्ने बिषयले घरेलु उद्योग सन्चालन गरिरहेका र गर्न चाहानेहरुका लागि उत्साहित बनाउन सक्छ । हेर्नुहोस् कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा उद्योग क्षेत्रका प्राथमिकता ।

#कर्णालीको विकास र समृद्धिको लागि नेपाल सरकार सग समन्वय
तथा सहकार्य गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गरिनेछ।

#ठूला उद्योग कलकारखाना स्थापनाका लागि बाटो, बिजुली
लगायतका आधारभुत पूर्वाधार उपलब्ध गराई लगानी
सुरक्षाको वातावरण निर्माण गरिनेछ।

# आगामी आर्थिक वर्षको पौष मसान्तभित्र लगानी सम्मेलन
गरिनेछ।

# परम्परागत विधि तथा स्थानीय सीप र कच्चा पदार्थमा आधारित
साना तथा घरेलु उद्योग स्थापना गर्न प ्रोत्साहित गरिनेछ।

#उद्योग ग्रामको स्थापना गरी स्थानीय उत्पादनको उचित
मूल्य र बजार पहुँच सुनिश्चित गर्न नेपाल सरकार र
सम्बन्धित स्थानीय तहस ँग समन्वय गरिनेछ।

# कपास र अल्लो खेतीलाई प ्रवद्र्धन गर्दै यस्ता वस्तुबाट
उत्पादित कपडाको बजारिकरण गरिनेछ। प ्रदेशको पहिचान
झल्काउन जनप ्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक
लगायतले प ्रयोग गर्ने औपचारिक पोशाकमा यस्ता
उत्पादनहरु प ्रयोगमा ल्याइनेछ।

# सम्भव भएसम्म सरकारी कार्यालय र कार्यक्रमहरुमा
स्थानीय उत्पादनलाई नै प ्रयोग गरिनेछ।

प्रकाशित मितिः     २२ जेष्ठ २०७६, बुधबार १८:४९  |