बाँके २२ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधवार साँझ बाँकेका बिभिन्न क्षेत्रका अगुवाहरुसंग नेपालगन्जमा अनौपचारिक भेटघाट गर्नुभएको छ । सोल्टी होटलमा आयोजित उक्त भेटघाटमा जनप्रतिनिधि, प्राध्यापन, उद्योग, व्यवसाय, सन्चारक्षेत्रका अगुवाहरुसंग राष्ट्रपतिले खुलेर कुराकानी गर्नुभयो । साँझ सात बजेबाट शुरु भएको भेटघाट केही घण्टा चलेको थियो ।
उद्योगी, व्यवसायीले जिल्लाको आर्थिक विकासका बारेमा ज्ञापनपत्र नै बुझाएर राष्ट्रपतिको ध्यानार्कषण गराएका थिए भने अधिकारका क्षेत्रमा क्रियाशिल अगुवाहरुले खुलेर आफ्ना कुराहरु राखेका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारीले सबैका कुरा चासोपूर्वक सुन्नुभएको थियो । उहाँले संविधान कार्यान्वयन मार्फत देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
बाँके जिल्लामा बिगतमा आफु बसेका सम्झनाका पोका फुकाउँदै राष्ट्रपतिले बाँके आफ्ना लागि नजिक भएको पनि बताउनुभयो । प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले जिल्लाको समग्र विकासका बारेमा आफ्ना बिचारहरु राख्नुभयो । उपप्राध्यापक कृष्ण लम्साल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ अन्य वक्ताहरुले आफ्नो पेशा, व्यवसायका समस्याका बारेमा राष्ट्रपतिलाई ध्यानार्कषण गराए ।
नीजिक्षेत्रको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले राष्ट्रपतिले बुझाएको ध्यानार्कषणपत्र बुझाउनुभयो । जसमा गहुँको पिठोमा भ्याट लगाएकोदेखि जडिबुटी, घिउ बिदेश निकासी हुन नपाएकोसम्म उल्लेख छ । यस्तो छ नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षणपत्र…