कर्णाली प्रदेश सरकारले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सन्चालन गर्ने


सुर्खेत,२३ जेठ : कर्णाली प्रदेश सरकारले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सन्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नागरिक र सरकार बीच जीवन्त सम्बन्ध स्थापित गर्न यस्तो यस्तो कार्यक्रम सन्न्चालन गर्ने घोषणा गरिएको हो । बुधवार प्रदेश प्रमुख दुर्गा केशर खनालले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

‘आमजनताले आफ्ना कुराहरु सरकार समक्ष प्रत्यक्ष राख्नको लागि “हाम्मा कुडा हाम्मा मुख्यमन्त्री” कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त कार्यक्रम मार्फत जनताल् प्रत्यक्षरुपमा मुख्यमन्त्रीसंग आफ्ना समस्याहरु सुनाउन सक्ने छन् । ठेट खस भाषा हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री भनेको हाम्रा कुरा हाम्रा मुख्यमन्त्रीसंग भनिएको हो । कर्णाली प्रदेश खस सभ्यताको उद्गमस्थल हो ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समग्र शासकीय कार्य सम्पादनमा आम जनता, नागरिक समाज, सञ्चार क्षेत्र, राष्ट «सेवक कर्मचारी र जनप्रतिनिधिहरु सबैले आ–आफ्नो जिम्मेवारी गम्भिरतापूर्वक वहन गरी नागरिक वडापत्र, सार्वजनिक सुनुवाई, सरकारी काम र निर्णयको पारदर्शिता, जनलेखा परीक्षण जस्ता नवीन शासकीय उपक्रम सन्न्चालन गरी प्रदेशमा सुशासन प्रत्याभुती गर्ने उल्लेख छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७६, बिहीबार १०:२१  |