होटल द ग्यालेक्सी दरवार : वार्षिकत्सवमा सेवाग्राहीलाई २० प्रतिशत छुट र ‘सरप्राईज’ दिने


बाँके २३ जेठ :  नेपालगन्जको सुविधा सम्पन्न होटल द ग्यालेक्सी दरवार सन्चालनको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सेवाग्राहीलाई आर्कषित गर्न ‘क्रियटिभ आईडिया’ अपनाउने उक्त होटलले वार्षिकत्सव कार्यक्रममा पनि बिशेष अफर सार्वजनिक गरेको हो ।

होटलका प्रबन्धक निर्देशक प्रशान्त लामिछानेले दोस्रो वर्ष पुरा भई तेस्रो वर्ष प्रवेशको अवसरमा बिशेष अफर दिएको बताएका छन् । उनका अनुसार आज र भोली आउने सेवाग्राहीले खानाको जुनसुकै परिकार ‘सरप्राईज’का रुपमा पाउने छन् । त्यस्तै बिभिन्न परिकारमा २० प्रतिशत छुट दिने लामिछानेले जानकारी दिए । ‘सेवाग्राहीहरुले यसअवधीमा निकै माया गर्नुभयो’ लामिछानेले भने–‘यो हामीले प्राप्त गरेको बिश्वास हो । आगामी दिन अझ परिस्कृत भएर अगाडी बढ्छौं ।’

होटल द ग्यालेक्सी दरवारले आज बिहिवारबाट फ्रि होम डेलिभरीको व्यवस्था पनि गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र जहाँसुकैका सेवाग्राहीले चालिस मिनेटभित्र आफुले चाहेको परिकार पाउन सक्नेछन् । वार्षिकउत्सवको अवसरमा ग्यालेक्सीले जेठ २४ गते रक्तदान, निलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई खाना खुवाउने र खाद्यन सहयोग गर्दै छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७६, बिहीबार १०:५३  |