प्रदेश नं ५ मा किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गरिने


नेपालगन्ज,२३ जेठ : प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिईन् ।

बाँकेको कोहलपुरमा बिहिबार आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले कृषक तथा कृषी क्षेत्रको विकासकालागि प्रदेश सरकार प्रयासरत रहेको बताईन । बाँके र बर्दिया जिल्लामा कृषि उत्पादनलाई बृद्धि गर्न कृषकहरुलाई कृषि गितको माध्यमबाट प्रो्रत्साहन गर्ने उद्धेश्यले कृषि तथा पश्पालन विषयक सचेतनामुलक गित प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पौडेलले ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ संचालन गरिएको जानकारी दिईन ।

किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके उत्पादित वस्तु बिक्री वितरणको जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाईन् ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७६, बिहीबार १७:१३  |