राप्तीपारीलाई कतिन्जेल अन्धकारमा राख्ने ?


नयाँ बनेको धामपुर सबस्टेशन

बाँके २४ जेठ : बाँकेको राप्तीपारी यस्तो ठाउँ हो जहाँका सर्वसाधारण अहिले पनि अन्धकारमा दैनिकी चलाउन बाध्य छन् । सुगम जिल्लाको दुर्गम राप्तीसोनारी र नरैनापुर गाउँपालिका  (समग्रमा राप्तीपारी) बिजुलीको पहुँचबाट बन्चित छ । साँझ पर्दा उज्यालोका लागि बैकल्पिक व्यवस्था गर्न दौडधुप गर्नुपर्छ । बिजुलीबाट हुने कयौं काम शारीरिक श्रमबाटै गर्नुपर्दा झेल्नुपरेका कयौं दुःख भनिसाध्य छैन् । दुःख सुनाएर पनि के गर्ने ? भन्ने बित्तिकै बिजुली आउने पनि होइन आखिर ?

छिमेकी भारतसंग जोडिएको नरैनापुरमा त पारी (भारत) साँझ झिलिमिली बिजुली वारी  (नरैनापुर) अन्धकार हुन्छ । जुन दृश्य देख्दा जोकोही नेपालीका लागि उदेक लाग्न सक्छ । अत्यन्त पीडादायी । ती ठाउँमा बिजुली पुर्याउने बिषय राजनीतिको ‘हट इस्यु’ बन्छ । अझ चुनावमा त कति हो कति ? चुनाव जित्नकै लागि बिना कुनै योजना रातारात बिजुलीका पोल ठड्याउने काम भएको पनि सर्बसाधारण माझ चर्चा चल्ने गर्छ ।

राप्तीपारी साच्चिकै बिजुली लैजाने योजना ६० को दशबाट शुरु भएको हो । सामुदायिक बिद्युतीकरण र ग्रामिण बिद्युतीकरण मार्फत राप्तीपारी उज्यालो छर्ने अभियान थालियो । सामुदायिक बिद्युतीकरण कार्यक्रम मार्फत त हालको राप्तीसोनारी गाउँपालिकाका कतिपय वडामा अहिले बत्ति बलेका छन् । तर ग्रामिण बिद्युतीकरणको काम भने दशक बित्दा समेत वास्ता भएको छैन । संविधान निर्माण पछि भएको पहिलो निर्वाचनबाट राप्तीसोनारीले ताजा जनादेश अनुसार जनप्रतिनिधि पायो । प्रतिनिधिसभामा नेकपाका महेश्वर गहतराज अथक र प्रदेशसभामा कृष्णा केसी नमुना निर्वाचित भए । बिजयी भए लगत्तै उनीहरुलेबिजुली नहुँदा सर्बसाधारणले खेप्नुपरेको पीडा महसुस गरेका दुबै जनप्रतिनिधिले आफुले भ्याएसम्मका ठाउँमा पुगेर राप्तीपारी बिजुली लैजान अभियानमा सक्रियतापूर्वक लागे ।


उक्त क्षेत्रबाट निर्वाचन प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक भन्छन्,–‘बिभिन्न बाधा अड्चन व्यहोर्दै हामी सबस्टेशन चार्ज गर्ने अवस्थामा आईपुगेका छौं । अब यो कामलाई गति दिन सबैजना आ-आफ्नो ठाउँबाट लागौं । जनताका पीडालाई आत्मसाथ गरेर बिना कुनै स्वार्थ हातेमालो गरौं ।’ ’

सांसद अथक

रुख कटान, बजेट बिनियोजन जस्ता महत्वपूर्ण काम फत्ते गर्न कयौं दिन सिंहदरबार धाउनुपरेको कुरा प्रतिनिधिसभा सांसद अथक अहिले पनि सम्झन्छन् । सांसद अथक स्वयंले २ सय १४ वटा रुख कटान गरेवापत २५ सय रुख रोप्ने कागत गरे । सांसदले नै यस्तो कागत गरेपछि सरोकारवाला पक्ष रुख कटानको अनुमति दिन सहमत भयो । अहिले यस्ता कयौं बिबादहरु समाधान भई धेरै काम अघि बढेको छ । अथक भन्छन्,–‘राप्तीपारीका सर्बसाधारणलाई कतिन्जेल अध्यारोमा बसाउने ? अब हुँदैन त्यस्तो भन्ने सोचेर रुख काटेको बद्लामा रुख रोप्ने कागतमा सही गरे ।’

राप्तीपारी बिजुली बाल्ने प्रमुख काम मानिएको ३३ केभिएको धामपुर सबस्टेशन जेठ दोस्रो साता चार्च भएको छ । सबस्टेशन चार्चसंगै राप्तीपारी बिद्युतीकरणको काम उत्साह जागेको छ । स्थानीय हर्षित छन् । बिद्युती प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जले त २० वटा पाल गाडिसकेको छ ८० पोल राप्तीपारी लगिसकेको छ । राप्तीपारी बिजुलीबाट उज्यालो छर्ने अभियानमा उत्साह छ ।


अब बाँकेको राप्तीपारी उज्यालो छर्ने अभियानको बिषयले अदालतसम्म प्रवेश पाएको छ । सरोकारवाला पक्ष अदालतको फैसला सुन्न प्रतिक्षारत छन् ।


तर दुर्भाग्य ! राप्तीपारी बिद्युतीकरण अभियानले बाधा अड्चन व्यहोर्नुपरेको छ । कोहलपुर–धामपुर र बैजापुरसम्म प्रशारण लाईन निर्माण गर्ने ठेकेदारले एक दशक बित्दा समेत काम नगरेको भन्दै बिद्युत प्राधिकरणले उसंग ठेक्का सम्झौता तोड्यो । अन्तिम पटक गत चैतसम्म काम सिध्याउन ठेकेदार कम्पनीलाई समयसिमा तोकिएको थियो । चैतसम्म काम गरेको भए अबको केही महिनामै राप्तीपारीका घरमा बिजुलीको उज्यालो गराउने योजना थियो । तर ठेकेदारले उक्त समयसिमामा काम गरेको दावी सहित प्राधिकरणले ठेक्का सम्झौता खारेज गर्यो । यता ठेकेदार कम्पनीले अन्यायमा परेको दाबी गर्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा रिट निवेदन दर्ता गरेको छ । अदालतले अन्तरिम आदेशमा सुनाउँदै प्राधिकरणलाई कारण देखाउन भनेको छ । अब बाँकेको राप्तीपारी उज्यालो छर्ने अभियानको बिषयले अदालतसम्म प्रवेश पाएको छ । सरोकारवाला पक्ष अदालतको फैसला सुन्न प्रतिक्षारत छन् ।

जिल्लाका अधिकांस ठाउँमा बिजुलीको झिलिमिली भइसक्दा समेत राप्तीपारी अन्धकारमा छ । सरकारले ती गाउँहरु उज्यालो बनाउन तीस करोड बढिको बजेट पनि छुट्याएको छ । तर काम अगाडी नबढ्दा सर्बसाधारण निरास छन् । उक्त क्षेत्रबाट निर्वाचन प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक भन्छन्,–‘बिभिन्न बाधा अड्चन व्यहोर्दै हामी सबस्टेशन चार्ज गर्ने अवस्थामा आईपुगेका छौं । अब यो कामलाई कति दिन सबैजना आआफ्नो ठाउँबाट लागौं । जनताका पीडालाई आत्मसाथ गरेर बिना कुनै स्वार्थ हातेमालो गरौं ।’ ’

प्रकाशित मितिः     २४ जेष्ठ २०७६, शुक्रबार १३:२५  |