यसरी शुरु भयो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता (फोटो फिचर)


नेपालगन्ज २४ जेष्ठ । नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता  सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न  सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको  मैत्रीपूर्ण खेलमा आयोजक बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो खेलमा टस जितेर पहिला व्याटिग गरेको आयोजकले ८९ रन बनाएको थियो । ९० रनको लक्ष सहित जबाफी व्याटिगमा बांके जिल्ला क्रिकेट संघ ७३ रनमा अल आउट भयो । खेलमा ६५ रन प्रहार गर्ने आयोजकका सन्तोष शाह म्यान अफ द म्याच घोषित भए ।  ।

आयोजक द ग्रुप अप युथ सिक्स्टिनका  अध्यक्ष बिष्णु अर्यालले दिएको जानकारी अनुसार प्रतियोगिता भने भोलि विहान बिहान ६ बजेदेखि सुरु हुने छ । नेपालगन्जका २३ वटै वडा सहभागि प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ र वडा नं. ५ भीड्ने छन् । साढे १० लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक द ग्रुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए । खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक सुविसुले संचारकर्मी, दर्शक सबैका लागि निशुल्क वाईफाईको व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए । उद्घाटन समारोहमा प्याब्सन नगर कमिटीसँगको समन्वयमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा २३ वटै वडाको टिमका सदस्यहरु, अफिसियल, मेयर, लगायत उपस्थित रहेका थिए ।अध्यक्ष बिष्णु अर्यालको अध्यक्षतामा कायृक्रम भएको थियो ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७६, शुक्रबार २१:०१  |