धम्बोझी,३२ जेठ : नेपालगन्जको खान्कीका बारेमा परिचित नहुने कमै होलान ! बिरयानीको स्वाद, हलुवा पराठा, सेकुवा,पान, रावडीको नाम सुन्ने बित्तिकै जोकोहीको मुख रसाईहाल्छ । वाहा खान होस् त नेपालगन्जको जस्तो !
तर नेपालगन्जका मिठा परिकारको स्वाद लिन यही आउनु पर्ने त ? धेरैलाई लाग्न सक्छ । तर अह ! पर्दैन अब । राजधानी काठमाण्डौंको नख्खुमा खुलेको ‘लजिजो’ले एकवर्षदेखि नेपालगन्जको स्वाद पस्किरहेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल नेपालगन्जका युवा इर्शाद अहमद अन्सारीले झण्डै एक वर्षअघि लजिजो खोलेका हुन । जहाँ नेपालगन्जको बिरयानी,दही बडा, कोरमा, कोप्ता जस्ता खानाको स्वाद लिन सकिन्छ ।
‘नेपालगन्जको स्वाद अन्त पनि परिचित गराऔं भनेर लजिजो खोलेका हौं ।’ इसरद भन्छन–‘अहिले लोकपृय भएको छ । सबैको मुखमा लजिजो झुण्डिएको छ ।’ लजिजोले आज शनिबार र आईतबार ‘नेपालगन्ज डे’ भनेर ‘फुड फेस्टिबल’ आयोजना गर्दैछ । नेपालगन्जका सांसद एवं शहरी विकास मन्त्री ईस्तियाक राईले फुड फेस्टिबल उद्घाटन गर्दै छन् ।