नेपालगन्ज,३२ जेठ : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुरमा पाँचौ शाखाका रुपमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे सन्चालनमा ल्याउने भएको छ । आगामी एकहप्ताभित्र पूर्णरुपमा सन्चालन गर्ने गरी अहिले पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सिद्धार्थ समूहको क्याफे हेर्ने सन्दीप दाहालका अनुसार, काठमाण्डौंमा तीनवटा, नेपालगन्जमा एउटा क्याफे हाल सन्चालनमा छन् । ‘सेवाग्राहीको रेस्पोन्स राम्रो पाएपछि अन्यत्र पनि बिस्तार गरिरहेका छौं । यसै अन्र्तगत कोहलपुरमा सम्भवत एकहप्ताभित्र क्याफे शुरु हुन्छ’– दाहालले भने । क्याफे सय जना बस्न सक्ने क्षमताको हुने छ । जसमा मिटिङ्ग हल, स्मोकिङ्ग रुमदेखि पिडिआर रुम पनि अलग्गै बनाईएको छ । क्याफेको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अत्यन्त सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएको छ । क्याफे भित्र पस्नेले नयाँपनको महसुस गर्ने दाहालले बताए ।
कोहलपुरमा खुल्ने क्याफेमा सेलिब्रेशन, सेमिनार, मिटिङ्ग समेत गर्न मिल्ने गरी पूर्वाधार तयार पारिएको छ । कोहलपुर मेडिकल कलेज नजिकै क्याफे सन्चालनमा ल्याउन लागिएको छ । १०औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे सञ्चालनमा ल्याएको थियो । क्याफे मार्फत मिठाई, केक, बेकरी र कफिका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण समेत सुरु गरिएको छ । सिद्धार्थ ग्रुपले नेपालको गुल्मीमा कफीको ब्यबसायिक उत्पादन सुरु गरी नेपाली कफीको प्रबद्र्धनका क्षेत्रमा काम गरि रहेको छ ।