काठमाण्डौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा मानसरोवर जान नेपालगन्ज आउने तयारीमा रहेका तिर्थयात्रीहरु । भारतबाट आएका तिर्थयात्रीहरु काठमाण्डौंबाट नेपालगन्ज, नेपालगन्जबाट हुम्ला हुँदै तिब्बतमा रहेको मानसरोवर जाने गरेका छन् । अहिले मानसरोवरको सिजन चलेको छ । नेपालगन्ज मानसरोवर तिर्थयात्रा गर्नका लागि सबैभन्दा छोटोदुरीमा पर्छ । भारतीय तिर्थयात्रीहरु कोही लखनउबाट स्थलमार्ग त कोही काठमाण्डौबाट हवाई मार्ग प्रयोग गरी यहाँ आउने गर्छन ।
तस्वीर सौजन्य : नवराज अधिकारी/ उपप्राध्यापक