बाँके १ असार : बुद्ध एयरले कर्णाली प्रदेशको राजधानी सुर्खेत– काठमाण्डौंका लागि आज आईतबारबाट उडान थप्ने भएको छ । हाल बिहान बिहानमात्र उडान हुँदै आएकोमा अब साँझ पनि थप हुने भएको छ ।
बुद्ध एयरले उसंगको भएको १८ जना यात्रु अट्ने क्षमताको जहाज प्रयोग गर्दै आएकोमा अब भने ४० जना यात्रु अट्ने क्षमताको एटीआर ४२ बिमान सन्चालनमा ल्याउन लागिएको हो । सुर्खेतबाट हवाईजहाजमा एकैदिनमा सुर्खेत–काठमाण्डौं ओहोरदोहोर गर्न सकिने छ । नयाँ उडान थपेसंगै पहाडी जिल्लाका यात्रु, उद्योगी, व्यवसायीलाई सहज हुने बुद्ध एयरले बिश्वास लिएको छ ।
बुद्ध एयरले सुर्खेत बिमानस्थलको धावनमार्ग बिस्तार भए उसंग भएको सबैभन्दा ठुलो क्षमताको बिमान उडान गर्ने र पूर्वाधार तयार गरे रात्रीकालिन उडान पनि गर्ने योजना सार्वजनिक गरेको छ । त्यसो हुन नसके हाल कायम रहेको भाडा पनि सस्तो हुने अपेक्षा गरिएको छ ।