प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने


बाँके २ असार : प्रदेश ५ सरकारले प्रदेशका उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि काम गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आईतबार संसदमा प्रस्तुत गरेको आ.व २०७६र०७७ को बजेटमा उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता बृद्धिका लागि बजेट बिनियोजन गरिएको छ ।

प्रदेश सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्न कानूनी,नीतिगत र संरचागत व्यवस्थापन गर्ने भनेको छ । तर यसको बिस्तृत कार्ययोजना के छ भन्नका लागि बजेट कार्यान्वयनलाई पर्खिनुपनेछ । प्रदेशको बजेट मार्फत आगामी आर्थिक वर्षमा लगानी सम्मेलन समेत गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश आयोजना आयोग मार्फत प्रदेशमा नीजिक्षेत्रको लगानी आर्कषित गर्ने गरी परियोजना बैंक सन्चालन गरिने छ । बजेटमा प्रदेशमा हाल सन्चालनमा रहेका औद्योगिकक्षेत्रलाई प्रदेश मातहत ल्याउन आवश्यक प्रक्रिया शुरु गर्ने र बन्दै गरेका औद्योगिक क्षेत्रको विकास प्रदेशस्तरबाटै हेर्ने तयारी गरिएको छ ।

प्रकाशित मितिः     २ असार २०७६, सोमबार ०९:२२  |