बाँके ३ असार : नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ ले उपाथि हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको फाइनल खेलमा वडा नं. ३ लाई ९ रनले पराजित गर्दैै उपाधि हात पारेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा सबै बिकेट गुमाउँदै ९२ रन बनाएको थियो । उसका लागि स्माइल शेखले २६ साहिद शेखले २० आनिश शेखले १६ रनको पारी खेलेका थिए ।
३ का बलर रिजवान अन्सारी, अकराम सिद्दिकी, मुजिप अन्सारीले समान ३÷३ विकेट लिए ।जवाफि व्याटिङगमा आएको वडा नं. ३ ले ८२ रनमा सबै विकेट गुमाए । उसका लागि अलम अन्सारीले १५र रिजवान अन्सारीले १० रन को पारी खेले । २३ का बलर अकरम शेख, हसिव शेख,नैसिमुल्लाह शेखलसमान ३÷३ विकेट लिए । खेलमाअकरम सिद्दिकी म्यानअफ द म्याच घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरिज सहिद शेख, वेष्ट बलर २३ नं. का नसिव उल्ला शेख, बेष्ट व्याट म्यान वडा नं. ८ का अफाक शेख, उदयमान खेलाडी वडा नं. ६ का उदिप भट्टराई, बेष्ट फिल्डर वडा नं. २२ का रसिब बर्मा, अनुशासित टिम वडा नं. १ घोषीत भयो । । प्रतियोगिताको विजेता वडा नम्बर २३ ले १ लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले वडा नम्बर ३ ले ५० हजार प्रमाणपत्र मेडल र ट्रफी पाएको छ ।
क्लवका अध्यक्ष विष्णु अर्यालको सभापतित्वमा भएको समापन कार्यक्रममा बिजेता तथा उपबिजेता खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, वडा नं. ७ का वडा अध्यक्ष जम्मान खा“, वडा नं. १० का अध्यक्ष विन्दु भुषण बस्नेत, वडा नं. १० का अध्यक्ष उज्वल सिंह राठौंर, वडा नं. १२ का अध्यक्ष बुद्धि प्रसाद सुवेदी, नेपाली का“ग्रेसका सभापति किरण कोइराला, बा“के जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस प्रालिका ब्रान्च म्यानेजर इश्वरी आचार्य, कैलपाल हस्पिटल एण्ड कलेजका प्रबन्ध निर्देशक संजय सिंह र निर्देशक रेवती सिंह लगायतले पुरस्कार वितरण गरे । नेपाली एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो ।