आयात निर्यातमा पनि अब नयाँ नियम लागू (पूर्णपाठ सहित)


काठमाडौं । सरकारले विदेशी वस्तु आयातमा नयाँ नियम लागू गरेको छ । अब विदेशबाट इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्सको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, २० माइक्रोनको सट्टा ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयात गर्न नपाइने भएको छ । मन्त्रिपरिषदको गत जेठ १० गतेको बैठकको निर्णयको आधारमा तयार सूचनालाई आधार मानेर मन्त्रालयले व्यापार घाटा न्यूनीकरण कार्ययोजनाअनुसार यो सूचना सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार ताजा तरकारी र फलफूलको आयात गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरी मात्र आयात गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, ५ हजार डलरसम्मको निकासी बैंकिङ प्रणालीअन्तर्गत भुक्तानी हुने गरी हुलाक पुलिन्दा वा इजाजत प्राप्त कुरियरबाट गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १० हजार डलर बनाइएको छ। राष्ट्र बैंकको स्वीकृति विना दुई हजार अमेरिकी डलरसम्मको आयात गरेमा त्यसमा शत प्रतिशत पैठारी दस्तुर लाग्ने व्यवस्था भएको छ ।

(पूर्णपाठ सहित)

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको
सूचना १

नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी
देहायका वस्तुको निकासी पैठारीमा देहाय बमोजिम पूर्ण वा परिमाणात्मक वन्देज लगाउने र देहायका वस्तुको
निकासी पैठारी गर्दा देहाय बमोजिमका शर्त पालना गर्नुपर्ने गरी यो आदेश जारी गरेको छ ।
१. निकासीका लागि पूर्ण वन्देज लगाएका वस्तुः
(क) पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तु
(१) विदेशी तथा स्वदेशी सिक्का
(२) देवी–देवताको मूर्ति, ताडपत्र तथा भोजपत्र
(३) पौबा
(ख) लागूपदार्थहरू
गाँजा, अफिम, चरेस जस्ता UN Convention Against Traffic in Narcotic Drugs and
Psychotropic Substance, 1988, Single Convention on Narcotics Drugs, 1961 र लागू
औषध (नियन्त्रण) ऐन, २०३३ मा परिभाषा गरिए बमोजिमका लागू पदार्थहरू ।
(ग) विष्फोटक तथा खरखजानाका वस्तु
(१) विष्फोटक पदार्थ र त्यसलाई चाहिने फ्यूज वा फ्यूजको लागि चाहिने वस्तु
(२) जंगी खरखजाना तयारीको लागि चाहिने पदार्थहरू
(घ) औद्योगिक मेशिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थ
(१) काँचोछाला (ड्राइ साल्टेड समेत)
तर वेट व्लू छाला निकासीको सम्बन्धमा निकासीकर्ताले छाला निकासी परिमाणको न्यूनतम तीस
प्रतिशत क्रस्ट वा पूर्ण प्रशोधित छाला वा छालाको वस्तु सोही आर्थिक वर्षमा निकासी गर्नुपर्दछ । सो
प्रयोजनको लागि प्रथम तहको छालाको मोटाईको आधारमा तयार हुने अन्य तहलाई समेत एक तह
मानी निकासी गर्न सकिनेछ ।
(२) कच्चा ऊन तथा जंगली जीव जन्तुको रौं
(ङ) जैविक विविधता र वातावरण संरक्षणसँग सम्बन्धित देहायका वन पैदावार लगायतका वस्तु
(१) विदेश निकासीको लागि प्रतिबन्ध लगाइएका जडीबुटीहरूः
(क) पाँच औंले (Dactylorhiza hatagirea)
(ख) ओखरको रुखको बोक्रा (Juglans regia) (राष्ट्रिय वनको मात्र)
2
(२) वनस्पति विभागले कुट्की (Neopicrorhiza scrophulariifolia) र झ्याउ (Lichen) हो भनी
यकीन गरी सिफारिस गरेको आधारमा वन तथा भू-संरक्षण विभागले उक्त जडिबुटीको मौज्दात
(Inventory) को आधारमा निकासी गर्न स्वीकृती दिएको अवस्थामा बाहेक कुट्की र झ्याउ विदेश
निकासी गर्न प्रतिवन्ध लगाईएको छ ।
(३) वनस्पति विभाग वा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सिफारिसमा (आफ्नो
उत्पादनको हकमा बाहेक) वन तथा भू-संरक्षण विभागको स्वीकृति लिएर नेपाल भित्रै प्रशोधन गरी
सारतत्व निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक विदेश निकासी गर्न प्रतिबन्ध लगाइएका
जडीबुटीहरूः
(क) जटामसी (Nardostachys grandiflora)
(ख) तालीस पत्र (Abies spectabilis)
(ग) लौठ सल्ला (Taxus wallichiana, Taxus mairei, Taxus contorta)
(४) देहायका गोलिया तथा चिरान काठः-
(क) साल (Shorea robusta)
(ख) सति साल (Dalbergia latifollia)
(ग) विजयसाल (Pterocarpus marsupium)
(घ) ओखर (Juglans regia) (राष्ट्रिय वनको मात्र)
(ङ) जङ्गली सिसौ ( राष्ट्रिय वनको मात्र)
तर साल वाहेक आफ्नो निजी जग्गामा उत्पादन गरिएका गोलिया तथा चिरान काठ (प्रचलित वन
ऐन, नियममा प्रतिवन्ध भएका वाहेक) सम्बन्धित वन कार्यालयको सिफारिसमा निकासी गर्न
पाइनेछ ।
(५) प्रशोधन नगरिएको शिलाजित (Rock exudate /asphaltum) लाई विदेश निकासी गर्न प्रतिवन्ध
लगाईएको छ ।
( ६) यार्सागुम्वा (Cordyceps sinensis) वन तथा भूसंरक्षण विभागवाट निकासी गर्न अनुमति पाएको
अवस्थामा बाहेक विदेश निकासी गर्न प्रतिबन्ध लगाइएको छ ।
(७) संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धिको अनुसूचीमा सूचिकृत
प्रजातिहरूको हकमा CITES महासन्धि तथा संकटापन्‍न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय
व्यापार नियन्त्रण ऐन, २०७३ को प्रावधान अनुसार हुनेछ ।
(८) अनुसूची-१ मा उल्लेख भए बमोजिमका संरक्षित वन्यजन्तु, संरक्षित वन्यजन्तुका आखेटोपहार तथा
संकटापन्‍न वन्यजन्तुहरूको निकासीको हकमा CITES महासन्धि तथा संकटापन्‍न वन्यजन्तु तथा
वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को प्रावधान अनुसार हुनेछ ।
(९) खयरबाट उत्पादन हुने कत्था/कचलाई विस्कुट आकार बनाई मात्र निर्यात गर्न पाउने ।
(च) आपूर्ति तथा वितरणमा उचित व्यवस्था गर्न आवश्यक भएका देहायका पेट्रोलियम पदार्थहरू
(१) पेट्रोल
(२) डिजेल
(३) मट्टितेल
(४) एल.पि. ग्यास
(५) हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानमा संलग्न हुने वायुयानले प्रयोग गर्ने इन्धन बाहेक) ।
3
(छ) चट्टान माटो, ढुङ्गा, गिट्टी, बालुवा
२. निकासीमा परिमाणात्मक वन्देज लागेका वस्तु
(१) धान
(२) चामल
तर हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित
निकायको सिफारिसमा निकासी गर्न परिमाणात्मक बन्देज लाग्ने छैन ।
(३) गहुँ
(४) चिनी
तर यस वस्तुको निकासी परिमाण देशको आन्तरिक उत्पादन र आपूर्ति स्थितिलाई मध्यनजर राखी
नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
३. निकासी सम्बन्धी विशेष व्यवस्था
(क) स्वीकृत बैंकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुनेगरी अमेरिकी डलर दशहजार मूल्यसम्मको वस्तु र विना
भुक्तानी अमेरिकी डलर एकहजार मूल्यसम्मको वस्तु हुलाक पुलिन्दा वा इजाजत प्राप्त कुरियरबाट
निकासी गर्न सकिनेछ । सोभन्दा वढी मूल्यको निकासीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण
विभागबाट इजाजत लिनु पर्नेछ ।
(ख) कुनै उद्योगले पैठारी गरेको मिल मेशिनरी सो उद्योगको प्रयोगमा नआउने भई अन्य मुलुकमा बिक्री गर्न
चाहेमा वा उद्योग नै बन्द गरेमा दुईपक्षीय सन्धिमा प्रतिकूल असर नपर्ने गरी उद्योग विभागको
सिफारिसमा निकासी गर्न दिइनेछ ।
(ग) कुनै उद्योगले पैठारी गरेको कच्चा पदार्थ आफ्नो उत्पादनमा प्रयोग नहुने भई विदेशमा बिक्री गर्न चाहेमा दुई
पक्षीय सन्धिमा प्रतिकूल असर नपर्ने गरी उद्योग विभागको सिफारिसमा निकासी गर्न दिइनेछ ।
(घ) कुनै उद्योगले पैठारी गरेको मिल, मेशिनरी, कच्चा पदार्थ र पार्टपूर्जाहरू सो उद्योगमा प्रयोग नहुने भएको वा
गुणस्तर नमिलेको कारणले सोही प्रकारको अर्को वस्तु पैठारी गर्ने गरी वा भुक्तानी भएको विदेशी मुद्रा
फिर्ता ल्याउने शर्तमा निकासीकर्तालाई नै फिर्ता पठाउनु परेमा उद्योग विभागको सिफारिसमा निकासी
गर्न सकिनेछ ।
(ङ) क्षेत्रगत आधारमा कुनै अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित वस्तु उत्पादक कम्पनीले निर्दिष्ट गरेको क्षेत्रको लागि
वितरकको रुपमा तोकिएको नेपाली एजेन्सीले उक्त उत्पादक कम्पनीको वस्तु खुला इजाजत पत्रका
आधारमा सो मुलुकमा निर्यात गर्न पाउनेछ ।
(च) कुनै मालबस्तु निकासी गर्न कुनै निकायको सिफारिस आवश्यक पर्ने भनी प्रचलित कानूनमा उल्लेख
भएकोमा सोही बमोजिम हुनेछ ।
४. पैठारीका लागि पूर्ण वन्देज लागेका वस्तुः
(क) गाँजा, चरेस, अफिम, मर्फिन जस्ता स्वास्थ्यको निमित्त हानिकारक लागू पदार्थहरू,
(ख) गोमाँस,
(ग) वन तथा वातावरण मन्त्रालयले तोके बमोजिमका हानिकारक एजोडाइ रंगहरू,
(घ) प्लाष्टिकका झुत्राहरू र तीस माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोला तथा शीट (Sheet)
तर औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने तीस माइक्रोन भन्दा कम मोटाइको प्लास्टिक फिल्म/सिट
(Sheet) पैठारी गर्न बाधा पर्ने छैन ।
4
(ङ) फिलामेन्टबाट प्रकाश दिने परम्परागत Incandescent light bulbs,
(च) स्ट्र कलेक्टर वा वेलर विनाको कम्बाइन्ड हार्भेष्टर,
(छ) Scrap Plastic र Recycled granules,
(ज) प्रचलित कानूनले छूट दिए बाहेकका प्रयोग भैसकेका -Second hand) वस्तु,
तर बाढी, पहिरो, आगजनी जस्ता मानवजन्य तथा प्राकृतिक प्रकोपको सन्दर्भमा सहयोग स्वरुप प्राप्त हुने
पुराना मालबस्तु वन तथा वातावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्न सकिनेछ ।
(झ) हाइडोक्लोरोफ्लोरोकार्वन ग्यास (HCFC-22 Gas) मा आधारित कुनै पनि उपकरणहरू जस्तै रेफ्रिजेरेटर,
एयरकन्डिसनर, चिलर, डिप फ्रिज, कुलिङ मेसिन, कम्प्रेशर, हिट पम्प, चिलर प्लान्ट, कोल्ड स्टोरेज
लगायत सो ग्यास (HCFC-22 Gas) प्रयोग हुने उपकरण,
(ञ) क्लोरोफ्लोरोकार्बन ग्यास (R11 र R12 Gas),
(ट) सवारी साधनमा प्रयोग हुने Brake Shoe र Clutch plate को Asbestos Lining बाहेक Asbestos
Corrugated/Non-Corrugated Sheet, Tiles, Insulators आदि सबै Asbestos र Asbestos
युक्त वस्तु,
(ठ) लिड (Lead) को मात्रा ९० Part Per Million (PPM) वा ९० Milligram Per Liter (mg/L)
भन्दा बढी भएका तथा बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षा सम्बन्धी साबधानमूलक सन्देश
नभएका रंगहरू,
(ड) पेन्टाक्लोरोफेनोल, यसका यौगिक, लवण, मिश्रणहरू (Pentachlorophenol and its Compounds,
Salts and Mixtures),
(ढ) क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ -Energy drinks), Flavored Synthetic drinks र यस्तै प्रकारका
पेय पदार्थ,
(ण) अन्य प्रचलित कानून बमोजिम बन्देज गरिएका वस्तु ।
५. वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको इजाजत वा स्वीकृति पत्रको आधारमा मात्र पैठारी
गर्न सकिने वस्तुः
(क) अनुसूची–२ मा उल्लेख भए बमोजिमका लागू तथा मनोद्दिपक औषधी र सोको सहायक रसायन (गृह
मन्त्रालयको सिफारिसमा),
(ख) हातहतियार र विष्फोटक पदार्थहरू (गृह मन्त्रालयको सिफारिसमा),
अनुसूची–३ मा उल्लेख भए बमोजिम विष्फोटक पदार्थहरू बनाउन चाहिने आवश्यक मालबस्तु, बन्दूक र
बन्दूकका गोलीहरू, कागज वाहेकका केपहरू (Capes) र अन्य विष्फोटक पदार्थहरू तथा
हातहतियारहरू,
(ग) देहायका रेडियोयन्त्र बाहेक वायरलेस, वाकिटकी, प्रसारण रिसिभर, लिङ्क रेडियो उपकरण जस्ता रेडियो
उपकरण र अन्य यस्तै शव्दवाहक, संवादवाहक, दृश्यवाहक, तथ्याङ्कवाहक, रेडियो यन्त्रहरू (सञ्चार तथा
सूचना प्रविधि मन्त्रालयको सिफारिसमा)
(१) GSM मोवाइल फोन सेट,
(२) WLL टेलिफोन सेट,
(३) नेपाल दूरसञ्चार प्राधिकरणबाट GMPCS को लाइसेन्स प्राप्त सेवा सञ्चालनको स्याटलाइट
नेटवर्कमा आवद्ध हुने स्याटलाइट टेलिफोन सेट,
(४) एफ.एम. रेडियो ट्रान्समिटर,
(५) स्याटलाइट टेलिफोन,
5
(६) मोबाइल टेलिकम उपकरण ।
(घ) हाइडोक्लोरोफ्लोरोकार्वन ग्याँस (HCFC-22 Gas) को सम्बन्धमा बार्षिक कोटाभित्र रही आयात गर्न
सकिने (वन तथा वातावरण मन्त्रालयको सिफारिसमा),
(ड.) अनुसूची ४ मा उल्लेख भएका मालबस्तु नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह
इजाजत लिई आयात गर्न सकिने,
तर नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रहरू नेपाल गुणस्तर तथा नापतौल विभागको सिफारिसमा
आयात गर्न सकिने छ ।
(च) सबै जात र गुणस्तरका सूर्तिहरू,
(छ) फर्नेस आयल,
(ज) पोस्तादाना (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्धारण गरेको परिमाणमा),
६. पैठारी सम्बन्धी विशेष व्यवस्था
(क) देहायका वस्तु विना प्रतीतपत्र वा भुक्तानी वेगर पैठारी गर्न पाइनेछः—
(१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक निकाय वा प्रतिष्ठानले वस्तु पैठारी गर्दा
नेपाल सरकारको सम्वन्धित मन्त्रालयको सिफारिसमा पैठारी गरिने वस्तु र नेपालमा सञ्चालित
आयोजनाको लागि वस्तु पैठारी गर्दा नेपाल सरकारको सम्वन्‍धित मन्त्रालयको सिफारिसमा
आयोजनाको नाममा पैठारी गरिने सम्झौतामा उल्लिखित Bill of Quantity बमोजिमका वस्तु,
(२) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा गैर सरकारी वा निजी संस्थाले
पैठारी गर्ने वस्तु तथा सम्बन्धित मन्त्रालयको सिफारिसमा नेपालमा सञ्चालित आयोजनाको
नाममा पैठारी गरिने सम्झौतामा उल्लिखित Bill of Quantity बमोजिमका वस्तु,
(३) कुनै व्यक्ति वा संस्थाले नेपालमा रहेका अशक्त विरामीलाई औषधोपचारको निम्ति पठाएका
प्रेस्क्रिप्सन बमोजिमका औषधी,
(४) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा प्रचार–प्रसारको लागि पठाएका
पोष्टर, क्यालेण्डर जस्ता प्रिण्टेड सामग्री,
(५) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा कुनै व्यक्तिले विदेशी सरकार वा
अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणा, सभा, सम्मेलन बैठक आदिमा भाग लिई उपहार वा पुरस्कार
स्वरुप प्राप्त गरेको अमेरिकी डलर एकहजार पाँचसय मूल्यसम्मको वस्तु,
(६) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा कुनै मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय वा
क्षेत्रीय संघ, संस्था, सामाजिक संस्था वा व्यक्तिले सम्बन्धित मन्त्रालयको सिफारिसमा नेपालका
नाफा आर्जन गर्ने उद्देश्य नभएका सामाजिक तथा सेवामूलक संघ, संस्थालाई प्रदान गर्ने उपहार,
चन्दा, अनुदानका मालबस्तु,
(७) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा संयुक्त/विदेशी लगानीमा सञ्चालित
उद्योगले सम्झौता बमोजिम पूँजी लगानी वापत पैठारी गरेका मेशिनरी लगायतका मालबस्तु र
कच्चा पदार्थ (उद्योग विभागको सिफारिसमा)
८) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा नेपालमा सञ्चालन भएका
आयोजना तथा संयुक्त/विदेशी लगानीमा सम्झौता अन्तर्गत कार्यरत विदेशी व्यक्ति वा विदेशी
लगानीकर्ताले निजी प्रयोजनका लागि पैठारी गरेको मालबस्तु (सम्बन्धित मन्त्रालयको
सिफारिसमा)
6
(९) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा अमेरिकी डलर एकहजार पाँचसय
मूल्यसम्मका कुनै कम्पनी वा फर्मको चिह्न अङ्कित विज्ञापन, लेवल, स्टीकर र नमूना सामग्री,
(१०) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा विदेशी कम्पनी, संयुक्त लगानीका
कम्पनी वा विदेशी एयरलाइन्सका प्रधान कार्यालयले नेपालस्थित प्रतिनिधि कार्यालय, शाखा
कार्यालय वा जनरल सेल्स एजेण्ट (जि.एस.ए.) जस्ता रजिष्टर्ड फर्महरूलाई कार्यालय सञ्चालनका
लागि पठाएका अमेरिकी डलर सातहजार मूल्यसम्मका कार्यालय मालबस्तु,
(११) कुनै मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ/संस्थाले आफ्नो प्रयोगका लागि पैठारी गरेका नेपाल
सरकार, अर्थ मन्त्रालयले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छूट दिएका मालबस्तु ।
(ख) उपभोग्य वस्तुको पैठारी गर्दा उक्त वस्तुको उपभोग अवधि भन्सार विन्दुमा आइपुग्दा कम्तीमा पनि पचहत्तर
प्रतिशत बाँकी भएको हुनु पर्नेछ ।
तर जीवनरक्षक औषधी (Lifesaving medicines) को पैठारीको हकमा औषधी व्यवस्था विभागको
सिफारिस बमोजिम हुनेछ ।
(ग) ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको
अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नुपर्नेछ ।
(घ) वातावरणमा प्रतिकूल प्रभाव पार्ने पदार्थको पैठारी सम्बन्धमा कुनै आदेश जारी गरिएको भए सोही
अनुसार हुनेछ ।
७. स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर एकहजार मूल्यसम्मको वस्तु र
विना भुक्तानी अमेरिकी डलर पाँचसय मूल्यसम्मको मालबस्तु हुलाक पुलिन्दा वा अन्य माध्यमबाट
पैठारी गर्न सकिनेछ । साथै, नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत बैकिङ्ग प्रणालीबाहेक कसैले अमेरिकी
डलर दुई हजारसम्मको वस्तु पैठारी गरेमा नेपाल राष्ट्र बैङ्कले सोको श्रोत अध्ययन गरी सिफारिस
गरेको आधारमा शत प्रतिसत पैठारी दस्तुर लिई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले
पैठारीको स्वीकृति दिन सक्नेछ ।
८. यस सूचनामा अन्यथा उल्लेख भएकोमा बाहेक नेपाल सरकारको स्वीकृत बेगर इजाजतपत्र नलिई
अथवा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको माध्यम, प्रकृया तथा कागजात वेगर कुनै पनि वस्तु सोझै
निकासी पैठारी गर्न पाइने छैन ।
९. वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा पर्वतारोहण दल वा अध्ययन वा
अनुसन्धान दलले पैठारी गर्ने मालबस्तु सम्बन्धित मन्त्रालयको सिफारिसमा मात्र पैठारी गर्न पाइनेछ

१०. नेपालको बाटो गरी पुनः अर्को मुलुकमा निकासी गर्ने र नेपालको बाटो भई पुनः आफ्नो देशमा फिर्ता
लैजाने वस्तुको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा ट्रान्जिट सुविधा
उपलब्ध गराइनेछ र यस्तो सुविधा सम्बन्धित मन्त्रालयको सिफारिसमा पर्वतारोहण दलको लागि
मात्र दिइनेछ ।
११. यस सूचनामा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै वस्तुलाई निकासी पैठारीका लागि पूर्ण वा
आंशिक रुपमा वन्देज, नियन्त्रण वा नियमन गर्न आवश्यक भएमा सम्बन्धित निकायले लेखी पठाएको
आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी त्यस्तो बन्देज, नियन्त्रण वा
नियमनको आदेश जारी गर्नसक्नेछ ।
7
१२. नेपाल राष्ट्र बैङ्कबाट निकासी पैठारी सम्बन्धमा प्रचलित कानून तथा यस सूचनासँग नबाझिने गरी
जारी भएको विदेशी विनिमयसँग सम्बन्धित आदेश तथा मौद्रिक नीति अनुसार जारी भएको
सूचनाको हकमा सोही बमोजिम हुनेछ ।
१३. यस सूचनामा जुनसुकै कुरा लेखिएको भए तापनि देशको आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई
दृष्टिगत गरी कुनै वस्तु कुनै सार्वजनिक संस्था वा निकाय वा प्रचलित कानून वमोजिम दर्ता भएको
कम्पनी वा संस्थाबाट पैठारी गर्ने गरी नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ ।
१४. यस सूचनामा उल्लेख भएका विषय बाहेक निकासी तथा पैठारीका सम्बन्धमा कुनै द्विविधा परेमा
औचित्य हेरी नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।

प्रकाशित मितिः     ४ असार २०७६, बुधबार ०८:५९  |