बाँके ४ असार : जिल्ला प्रहरी कार्यालय, बाँकेले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । बुधवार विहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागूऔषध अनुसन्धान ब्यूरो नेपालगन्जले जनाएको छ ।
भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९ बर्षिया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ बर्षिया वीरबहादुर नेपाल, सोही ठाउँका ५० बर्षिय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ बर्षिय अम्मरबहादुर दराईलाई लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले साँझ मात्र पत्रकार सम्मेलन गरेर बिबरण सार्वजनिक गर्ने जानकारी दिएको छ ।