उद्योग वाणिज्य संघको पदावधि पाँच महिना थप, कोषाध्यक्षको फरक मत


बाँके ४ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिना थप भएको छ । आज बुधवार बसेको बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो । नविकरणको म्याद असोजसम्म रहेको र परिचयपत्र प्रणाली लागु गर्नुपर्ने भएका कारण दर्शाउँदै म्याद थप्ने निर्णय गरिएको महासचिव अजय टण्डनले जानकारी दिनुभयो ।

 बैठकमा कोषाध्यक्ष आदेश अग्रवालले पदावधि थप्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट लेख्नुभएको छ । उहाँले बिना कुनै कारण म्याद थप्नु जायज नभएको बताउँदै फरक मत दर्ज गर्नुभएको हो । नन्दलाल बैश्य नेतृत्वको कार्यसमितिको पदावधि भदौमा सकिदैछ । कार्यकाल सकिन दुई महिना पहिल्यै निर्वाचनका बारेमा निर्णय लिनुपर्ने भएकाले आज बैठक बसेको थियो ।

अग्रवालले आजको बैठकमा बहुमत समेत नपुगेको दावी गर्नुभयो । यता अध्यक्ष बैश्यले भदौमै निर्वाचन गर्ने आफुहरुको मनसाय भएपनि बिबिध कारणले समय नपुग्ने देखेपछि समय थप्नु परेको बताउनुभयो  । उहाँले थप समयमा संघले अघि सारेका धेरै योजनाहरु सफल गराउने पनि बताउनुभयो ।  (यसअघि निर्वाचन माघमा गर्ने भन्ने शब्द परेकोले सच्चाइृएको छ ।)

https://nepalgunjbusiness.com/2019/06/7837/

प्रकाशित मितिः     ४ असार २०७६, बुधबार १८:३७  |