चौकुने सिमेन्ट उद्योग चाँडै शुरु हुन्छ– सुमार्गी, उद्योग वाणिज्य संघलाई १० लाख सहयोगको बचन


सुर्खेत ५ असार : मुक्तिश्री ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष अजयराज सुमार्गीले सुर्खेतको गुटुको चौकुनेस्थित मुक्ति सिमेन्ट उद्योग चाँडै सन्चालनमा आउने बताउनुभएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बिहिवार गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सुमार्गीले मुक्ति सिमेन्ट उदोग २०७७ भाद्र महिनाभित्र उद्घाटन गरी उत्पादन शुरु गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि दुई अर्व व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । उद्योगले पहिलो चरणमा गुटु–४, को भाप्र खोलादेखि कुँवासम्मको करिब पाँच किलोमिटर खानी स्थलसम्मको पुहँच सडक निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ ।
सुमार्गीको यो घोषणासंगै उक्त सिमेन्ट उद्योगको काम चाँडो सकिने बिश्वास गरिएको छ । सुमार्गीले सुर्खेतका व्यवसायीसंग उद्योग,व्यवसायका क्रममा भोग्नुपरेका दुःख, सुःख सुनाउनुभयो । उहाँले अहिले मेहेनत नगरी पैसा आर्जन गर्ने प्रबृती बढेको बताउनुभयो । प्रचार आफ्नो रुचीको बिषय भएपनि मिडियाले आफ्ना बारेमा राम्रो नराम्रो दुबै प्रचार गरिदिएको सुमाग्रीले बताउनुभयो । उद्योगीले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘बिज्ञापन मेरो बिषय कहिल्यै भएन । तर सबभन्दा सबैभन्दा चर्चित, सबभन्दा नाम, बदनाम । संसारमा जे जस्ता नामले जोडिदिने हो सबै जोडिदिए ।’ सुमार्गीले भन्नुभयो–‘त्यसैले गर्दा हेरु हेरु, भेटु, भेटु भन्ने जमात त खडा भएको छ । मलाई के नोक्सान भएको छ र रु’ सुमाग्रीले गल्ती गरेको भए आफ्नो काम रोकिने र जेल जानुपर्ने अवस्था आउने थियो भन्नुभयो । उहाँले मिडियामा आएका बिषयमा धेरैले सहानुभुती दर्शाएको बताउनुभयो ।
अध्यक्ष सुमार्गीले संघले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषका लागि अक्षरूपी दश लाख पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताउनुभयो । अध्यक्ष रावतले सुमार्गीलाई स्वागत गर्दै जिल्लाको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मितिः     ५ असार २०७६, बिहीबार १८:५९  |