सुर्खेत ६ असार : मुक्तिश्री ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष अजयराज सुमार्गीको नाम आउने बित्तिकै धेरैले अनेकन बिबाद सम्झिने गरेका छन् । मिडियामा त झन् सुमार्गी र बिबाद पर्यावाची जस्तै बनेको छ भन्दा फरक पर्दैन । तर यि बिषयमा सुमार्गी स्वयंले के भन्छन् होला ? धेरैको जिज्ञासा हुन सक्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहिवार आयोजित एक कार्यक्रममा सुमार्गीले आफुसंग जोडिने बिबादका बिषयमा खुलेर कुराकानी गरे । उद्योगी, व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रममा उनले भने,–‘मैले आफ्नो बिज्ञापन कहिल्यै चाहिन तर मलाई सबैभन्दा चर्चित मान्छे बनाईयो ।’ सुमार्गीले मिडियाले आफ्नो नामको अगाडी संसारमा भएका उपनाम जति सबै भिराउने काम गरेको बताउँदै भने,–‘नाम, बदनाम सबै दिए । जसले गर्दा मलाई भेटु भेटु, हेरु हेरु भन्ने बढे ।’
मिडियामा आफ्ना बारेमा आउने बिबादका बिषयमा कुनै गुनासो नभएको उनको भनाई छ । गैरकानुनी काम नगरेको दाबी गर्दै सुमार्गीले उक्त कार्यक्रममा भने,–‘मिडियामा आए जस्ते सत्य भईदिएको भए जेलमा हुन्थे ।’ बाहिर हल्ला चलेजस्तै भईदिएको भए काम रोकिन्थ्यो तर नरोकिएको उनको भनाई छ । बिदेशमा स्रो नखुलेको पैसा ल्याएको बिबादसंग जोडिएका सुमार्गीले स्पष्ट शब्दमा भने,–‘हो, मैले पैसा ल्याएकै हो । ऋण खोजेर ल्याएको हो ।’ नेपालबाट बाहिर लगेर त्यो फेरी नेपालमा नल्याएको उनको दाबी छ । सुमार्गीले राजनीतिमा लागेर उन्नती हुँदै भन्ने ठानेर उहिल्यै राजनीति छाडेको दाबी गरेका छन् ।
https://nepalgunjbusiness.com/2019/06/7900/