नाकामा रोकिएका तरकारीका गाडी छुटे , विषादी परिक्षण गर्न कर्मचारी अभाव


नेपालगन्ज ९ असार : नेपालगन्ज नाकामा रोकिएका तरकारी र फलफुलका गाडी विषादी परिक्षण पछि भित्रिन थालेका छन् । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले विषादी परिक्षणको रिर्पोटको आधारमा आज बिहानैबाट तरकारी र फलफुलको गाडीको आयात अनुमति दिएको जानकारी दिए । विषादी परिक्षणबाट सकारात्मक रिर्पोट आएका गाडीलाई मात्र आयात गर्न दिने नीति अनुसार दुईदिन देखि नेपालगन्ज नाकामा चार दजृन बढि गाडी रोकिएका थिए ।

विषादी परिक्षण गर्ने सरकारी निकायका खोज्दै जाँदा नेपालगन्जमै भेटिएपछि तरकारी, फलफुलका आयातकर्तादेखि नेपालगन्ज भन्सार स्वयंलाई राहात भएको छ । रानीतलाउ सब्जीमण्डीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले भन्सारका रोकिएका गाडीमा रहेको तरकारीको नमुना परिक्षण गरिरहेको छ । उक्त कार्यालयका प्रमुख शकिल अहमदले हिजो राती र बिहानसम्म गरेर दुई दर्जन गाडीमा रहेको ४० वटा नमुना परिक्षण गरिएको बताएका छन् । केही नमुनाको परिक्षण बुझाईसकेको र केहीको आउन बाँकी रहेको उनले बताए । अचानक विषादी परिक्षण गर्नुपरेपछि हिजो रातभर काम भएको थियो ।

कर्मचारी अभाव

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला २०७३ मा स्थापना भएको थियो । यसले सामान्यरुपमा तरकारीको नमुना परिक्षण गर्दै आएकोमा आईतबारबाट काम थपिएको छ । तर कर्मचारी भने मात्र एकजना छन् । विषादी परिषण जस्तो संवेदनशिल कामका लागि एकजना मात्र कर्मचारी भएपछि काम गनृ असहज भएको छ । कम्तिमा पाँच जना कमचारी चाहिने बताउँदे अहमदले नत्र काम गर्न नसकिने बताएका छन् ।

प्रकाशित मितिः     ९ असार २०७६, सोमबार ११:५०  |