साना र महिला उद्यमीलाई करमा बिशेष छुट, मदिरादेखि इट्टा उद्योगमा थप


नेपालगन्ज, १० असार : नेपालगन्ज उपमहानगरपालिकाले सानो र महिलाले चलाएका उद्योगलाई करमा बिशेष छुट दिने तर मानव स्वास्थ्यमा असर पार्ने सुर्ती, मदिरा, प्लाष्टिक र इटाजन्य उद्योगमा भने कर बृद्धि गर्ने नीति अपनाउने भएको छ । उप–प्रमुख उमा थापामगरले आज मंगलबार भेरी प्राविधिक शिक्षालयमा भएको पाँचौ नगरसभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गर्नुभएको बजेटमा यस्तो बिषय उल्लेख छ ।

उपमहानगरपालिकाले बजेट मार्फत नेपालगन्जमा सन्चालन हुने वातावरण अनुकुल सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला सन्चालक भएको उद्योग, व्यापार, व्यवसायमा करको दरमा बिशेष छुट दिने घोषणा गरेको छ । त्यस्ता उद्योगीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने भएको हो ।

तर स्वास्थ्यमा असर पर्ने सुर्ती र मदिराजन्य, त्यस्तै वातावरणमा असर गर्ने प्लाष्टिक, इटजन्य उद्योगलाई नगरबाट निरुत्साहित गर्न करमा बृद्धि गर्ने नीति लिने भएको छ । उमहागरपालिकाले बिभिन्न प्रकारका करहरुलाई बैज्ञानिक तवरबाट संकलन गर्ने नीति संगै सम्पत्ति करको दायरा फराकिलो पारि कर संकलन गर्ने प्रणाली व्यवस्थित गर्न लागेको जनाएको छ ।

प्रकाशित मितिः     १० असार २०७६, मंगलवार १५:३९  |