नेपालगन्ज उपमहानगरपालिका
नेपालगन्ज उपमहानगरपालिकाले आ.व २०७६/७७ का लागि रु १ अरव २८ करोड ८५ लाखको बजेट प्रस्ताव गरेको छ । मंगलबार भएको पाँचौ नगरसभामा नगर उप–प्रमुख उमा थापामगरले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो । थापाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेटमा चालु खर्चतर्फ रु १ अर्व २१ करोड ४७ लाख, पूँजीगत तर्फ रु १ अर्व ४ करोड ३७ लाख, वित्तिय व्यवस्थापनका लागि रु रु ३ करोड छ । बजेट पेश गर्नु अघि नगर प्रमुख डा. धवल शमसेर राणाले आ.व २०७६ र०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर राणाले ‘स्मार्ट’ नेपालगन्ज बनाउन सहकार्यमा जोड दिनुभयो । दुई वर्षको अवधिमा सबैबाट सहयोग पाएको भन्दै मेयर राणाले कसैप्रति गुनासो र आलोचना गरेनन् ।
नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ्ग सहित सपिङ्ग कम्पलेक्स बनाउने बिषयलाई प्राथमिकता दिईएको छ । वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवमा ‘हाई राईज पार्किङ्ग’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने उल्लेख छ । यस्तै सानो र महिलाले चलाएका उद्योगलाई करमा बिशेष छुट दिने तर मानव स्वास्थ्यमा असर पार्ने सुर्ती, मदिरा, प्लाष्टिक र इटाजन्य उद्योगमा भने कर बृद्धि गर्ने नीति अपनाउने भएको छ ।
उपमहानगरपालिकाले बजेट मार्फत नेपालगन्जमा सन्चालन हुने वातावरण अनुकुल सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला सन्चालक भएको उद्योग, व्यापार, व्यवसायमा करको दरमा बिशेष छुट दिने घोषणा गरेको छ । त्यस्ता उद्योगीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने भएको हो ।
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिकाको पाँचौ नगर सभा सुरु भएको छ । मंगलबारदेखि सुरु भएको नगर सभामा आगामी वर्ष २०७६र७७ को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरपालिकाका प्रमुख तथा सभाध्यक्ष लुट बहादुर रावतले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । निति तथा कार्यक्रममा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।
नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले आव ०७६र७७ को बजेट समेत प्रस्तुत गरेकी छन । मंगलबारको सभामा उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षकालागि ८० करोड ६१ लाख १७ हजार ४ सय २२ को बजेट प्रस्तुत गरेकी हुन । जसमध्ये चालु खर्चतर्फ १४ करोड ७७ लाख ६१ हजार र पँजिगत तर्फ रु. ५३ करोड २१ लाख ४७ हजार ६ सय ६ रुपौयाँ विनियोजन गरिएको छ ।
जानकी गाउँपालिका
जानकी गाउँपालिकाको जारी पाँचौ गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेश गर्नुभएको छ । जसमध्ये चालु खर्चतर्फ ८ करोड ५ लाख ५० हजार, पूँजीगत तर्फ ४३ करोड ५० लाख १ हजार विनियोजित गरिएको छ । यो वजेट गत वर्षभन्दा ११ करोड ६१ लाख १४ हजार ७ सय ५६ ले बढी छ । आर्थिक वर्ष ०७५÷०७६ मा चालुतर्फ ५ करोड ६२ लाख ५० हजार र पूँजिगततर्फ ३४ करोड २७ लाख ८६ हजार २ सय ४४ गरी ३९ करोड ९० लाख ३६ हजार २ सय ४४ रुपैया रहेको बजेट प्रस्तुत भएको थियो ।
आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्तुत अनुमानित बजेटको श्रोतहरुमा नेपाल सरकारको संघीय समानीकरण रु. १२ करोड ८ लाख सशर्त अनुदान तर्फ रु.१० करोड ७० लाख, प्रदेश सरकारको सम्मानीकरण तर्फ रु.४५ लाख ६८ हजार, प्रदेश सरकारको सशर्त अनुदान तर्फ ९० लाख, प्रदेश सरकारको विशेष अनुदान तर्फ ५२ लाख, समपुरक तर्फ १ करोड ५० लाख र राजश्व बाँडफाँड तर्फ संघीय सरकारको ७८ लाख, प्रदेश सरकारको ६० लाख प्राप्त हुनेछ ।
यसैगरी आन्तरिक आयतर्फ १५ प्रतिशत सम्म करको दर वृद्धि गरी थप करको दायरा बढाई ३ करोड ४७ लाख ६६ हजार पुर्याउने अनुमान गरिएको छ । सामाजिक सुरक्षा रकम १० करोड ५० लाख आवश्यक हुनेछ र बैंक मौज्दात २ करोड गरी कूल वार्षिक बजेट ५१ करोड ५१ लाख ५१ हजार पु¥याईने बजेटमा उल्लेख गरिएको छ ।
आईतवार देखि शुरु भएको पाँचौ गाउँसभाले नीति तथा कार्यक्रम दफावार छलफलपछि सोमवार पारित गरेको छ भने बजेटमा छलफलको लागि शुक्रवार पुन गाउँसभा सञ्चालन हुने अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।
खजुरा गाउँपालिका
बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख एकमाया विकले बजेट प्रस्तुत गरेकी थिइन । मंगलवार खजुरा गाउँपालिकाको पाँचौ गाउँसभामा संघ, प्रदेश र आन्तरिक गरी उक्त बजेट प्रस्तुत गरिएको हो ।
प्रमुख कक्षपतिले नीति तथा कार्यक्रमले नागरिकको जीवनस्तरमा देख्न सकिने र नाप्न सकिने पूँचीको विकास, उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्रको विकासको गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तरीय बनाउने, वातावरण संरक्षण विपद् व्यवस्थापनको पूर्वतयारी, न्यूनीकरण गर्ने पर्यटनलाई क्रस कटिङ क्षेत्रको रुपमा विकास गरी कृषि तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्ने, चुस्त दुरुस्त शासनको प्रत्याभूति दिनका लागि सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्य लिएको बताउनुभयो ।
नयाँ कार्यक्रमको रुपममा यसपालीको नीति तथा कार्यक्रममा खजुराका जनतासंग गाउँपालिका प्रमुख कार्यक्रम ल्याइएको छ । मूल नीति तथा क्षेत्रगत नीति तथा कार्यक्रम अन्तरगत आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी तथा सरसफाई, संस्कृति, पूर्वाधार, लैंगिक समानता तथा समावेशीकरण, सामाजिक विकास, न्यायलगायतका विषयलाई जोड दिइएको छ । बजेटले वडा नं. ५, ६, ७ र ८ मा सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चिल्डे«नपार्क, जेष्ठ नागरिकका लागि खुशीयाली घर निर्माण, विपन्न नागरिकका लागि आवास, फुटबल मैदान जस्ता गौरबका योजनालाई जोड दिएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको आर्थिक तथा विनियोजना विधेयक पनि पारित गरिएको छ । प्रस्तुत बजेटमाथि थप छलफलका लागि पुनः बुधवार बैठक बोलाइएको छ ।
राप्तीसोनारी गाउँपालिका
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको पाँचौं गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले पुर्वाधार विकासतर्फ वर्षभरी यातायात सञ्चालन हुने स्तरका सडक निर्माण, मर्मत गर्न जीर्ण सडक, कल्भर्ट पुलपुलेसालाई मर्मत सम्भार गर्ने नीति अगाडी सारेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको वर्तमान अवस्थाको पहिचान गर्न सडक सञ्जाल गुरुयोजना तयार गरी भौतिक निर्माण अन्तर्गत साना स्थानीय सडक ग्राभेल गर्ने, नाला निर्माण गर्ने एवं स्तरोन्नती भईसकेका सडक पिच गर्ने नीति लिइने उल्लेख गरिएको छ । योजनावद्ध र वातावरणमैत्री पुर्वाधारः दिगो विकासको पहिलो आधार भन्ने नारालाई मुर्त रुप दिन रणनीतिक महत्वका सडक र क्रमागत आयोजनालाई उच्च प्राथमिकता दिई वातावरणमैत्री संरचना निर्माणमा जोड दिइनेछ । आफ्नै भवन नभएका वडा कार्यालयको भवन निर्माण र अधुरा भवनलाई प्राथमिकतामा राखी सबै वडाबाट आफ्नै कार्यालय भवन बनाउन गाउँपालिकाले जोड दिएको छ । वर्षभरी सडक अवरुद्ध हुन नदिन नियमित तथा आकस्मिक मर्मतका लागि आवश्यक रकम ब्यवस्था गर्ने नीति लिइएको छ ।
राप्ती नदी, झिझरी खोला, मुगुवा, मोरङ्गा लगायतका नदीको कटान नियन्त्रण गर्न साना तथा मझौला तटबन्ध लगायतका कार्यक्रमहरुलाई कार्यान्वयनमा लगिनेछ । ठुला प्रकोप ब्यवस्थापन परियोजनालाई नेपाल सरकार वा अन्य दातृ निकायसँग सहकार्यमा निर्माण गर्ने नीति अंगिकार गरिने उल्लेख छ । नदी कटानबाट पीडित र बाढी पीडितलाई पुर्नवासका लागि जिल्ला दैबिक प्रकोप उद्दार समितिसँग समन्वय गरी पुर्नवास गराउन पहल गरिनेछ । बिद्युत विस्तार नभएका राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ का केही निश्चित बस्ती छनोट गरी सौर्य प्यानल जडान गर्न आवश्यक कार्यक्रम तय गरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने नीति लिइएको छ । उक्त वडामा सामुदायिक बिद्युतीकरणका माध्यमबाट बिद्युतीकरण गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै आवश्यक समन्वय र पहल गरिनेछ ।
नरैनापुर गाउँपालिका
बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा आज (मंगलबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६र७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको
छ । संघीय सरकारबाट प्राप्त ३७ करोड ५८ लाख, प्रदेश ५ सरकारबाट ३ करोड ९२ लाख ४७ हजार र आन्तरिक तर्फ अनुमानित ५४ लाख १० हजारमा आधारित रही आर्थिक बर्ष २०७६र७७ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बस्नेतले बताउनुभयो । चालू आर्थिक बर्षका लागि नरैनापुर गाउँपालिकाले ४० करोड ४ लाख ३१ हजारको बजेट ल्याएको थियो ।
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका बाँकेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिकाले आगामी वर्ष २०७६र७७ को लागी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीतिमा समावेशिताका लागी विभिन्न लक्षित कार्यक्रमलाई समेटिने गरि बालबालिका, युवा, दलित, अपाङ्गता, आदीवासी जनजाति लोपोन्मुख जाति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । कृषि, पशुपालन, पर्यटन, शिक्षा स्वास्थ्य, राष्ट्रिय गौरबका योजना, औद्यौगिक विकास तथा रोजगारीको अवसर लगायतका भौतिक पूर्वाधारको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जनताका आकांक्षा, आवश्यकता तथा आवाजमा आधारित वैज्ञानिक योजना निर्माण तथा कार्यान्वयन, खाद्य सम्प्रभुता, खाद्य र पोषण सुरक्षाको प्रत्यभूति, शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन, भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रको विकासको तीव्र अभियानसहित उत्पादन र उत्पादकत्वमा जोड दिइने नीतिमा उल्लेख गरिएको छ । प्राकृतिक स्रोतको न्यायोचित वितरण, जनताको अनिवार्य सहभागितामा लगानी र उत्पादनको वातावरण निर्माण, प्राकृतिक स्रोत तथा उत्पादनका साधनहरूमा जनताको स्वामित्व, जनतालाई कानूनी तथा प्रशासनिक शीघ्र सेवा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
डुडुवा गाउँपालिका
बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज बसेको ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ । उक्त योजनामा गाउँपालिकाले रु ५ हजार र अभिभावकको रु ५ हजार गरि रु १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ । यसैगरि एसइई पास भएका किशोरीलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ, गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन गराइने, अपागंता भएकाहरु ग र घ श्रेणीलाई गाउँपालिकाले सेवा सुविधा उपलब्ध गराउनेछ, गाउँपालिकाले यस अघि संचालन गर्दै आएको घर घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने अध्यक्ष चौधरीले निति तथा कार्यक्रम उल्लेख गर्नुभएको छ ।
यसैगरि गाउँपालिकामा रहेका सरकारी तथा ऐलानी, प्रति तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, अतिक्रमित जग्गालाई नियन्त्रणमा लिने, सरकारी ऐलानी जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार गरि घरदैलो अभियानमार्फत पञ्जीकरण सेवा संचालन गरिने, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यन्वयन गरिने, सूचना सञ्चार प्रविधीको विकास गरि अनलाईन प्रणालीमार्फत सेवा प्रवाह गरि प्रभावकारी बनाइने, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, विपत प्रकोपको व्यवस्थापन तथा जोखिम न्युनीकरण, वन बाताबारणको विकास, महिला, बालबालिका, जेष्ठ नागरिकको उत्थान, लगायत विकास निमार्णका योजनालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।
सभामा दुई वटा विधियेक समेत पास गरिएको छ । विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नुभएको गाउँपालिकाको
विनियोजन ऐन २०७६ र आर्थिक विधेयक २०७६ सर्वसम्मत रुपमा पास भएको छ । सभामा अध्यक्ष चोधरीले संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक सोत गरि कुल रु ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत निति तथा कार्यक्रमलाई सर्बसम्मत रुपमा पास गर्दै बजेटमाथि छलफल शुरु भएको छ ।
आजदेखि शुरु भएको बैठकमा अब बजेटमाथीको छलफल पछि बस्ने बैठकले पास गर्ने प्रमुख प्रशासकिय अधिकृत धितालले बताउनुभयो । सभामा सभासद मोहनराम मिश्र, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, गजेन्द्र कैराँती, पटेश्वरी कुर्मी, रिता परियार, आमोद तिवारी लगायतले निति तथा कार्यक्रमप्रति आफ्नो विचार राख्दै कार्यन्वयनतर्फ जोड दिनुभएको थियो ।