‘गाउँमा कफी खेती, शहरमा क्याफे’ –सिद्धार्थ समूहको नौलो काम


चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा नेपाली नेताहरूलाई पनि निम्तो दिइएको छ । रात्रिभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ । जसमा गुल्मी र इलामको कफी पनि छ । गुल्मीको कफीका बारेमा केही महिना अघि हामीले तयार गरेको स्टोरी यहाँ पुन प्रकाशन गरिएको छ ।

  • कमल डाँगी

नेपालगन्ज १३ असार : सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो ‘एस–क्याफे’ को हरेक ‘आउटलेट’ बाट स्वदेशमा उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद पस्किने भएको छ । त्यसका लागि उक्त समूहले गुल्मी लगायतका पहाडी जिल्लामा अर्गानिक कफी खेती सुरु गरेको छ । ‘गाउँमा कफीको खेती र शहरमा क्याफे’ क्याफे खोल्दाको हाम्रो भिजन यही थियो,’ सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटाका सिइओ कृष्ण न्यौपानेले भने, ‘गाउँका बाँझो जमिनमा त्यहाँका कृषकलाई कफी उत्पादनका लागि प्रोत्साहन गर्ने र त्यसरी उत्पादन भएका कफीको बजारीकरणमा समस्या नहोस् भन्नका लागि क्याफे चलाउने कुरा अत्यावश्यक थियो ।’

सिद्धार्थ ग्रुपले गुल्मीमा आफैले उत्पादन गरेको कफीको स्वाद चखाउन ‘एस–क्याफे’ का ‘आउटलेट’ देशका प्रमुख शहरमा बिस्तार गरिरहेको छ । ‘हस्पिटालिटी फ्रम द हार्ट’ भन्ने भावनालाई आत्मसाथ गर्दै आएको उक्त ग्रुपले दुई दशकको अबधिमा हाल देशका प्रमुख शहरमा तारे होटल, रेष्टुरेन्ट, रिसोर्ट, हस्पिटालिटी इन्स्टिच्युट, टे««ड बिजनेश बिस्तार गरेको छ । सिद्धार्थ ग्रुपको धेरै सफल बिधा मध्ये ‘एस–क्याफे’ पनि एक हो, । जसका पाँच ‘आउटलेट’ बिस्तार भइसकेका छन् । राजधानी काठमाडौंको तीनकुने, जमल, न्यूरोड, बाँकेको नेपालगन्ज र कोहलपुरमा एक–एक वटा आउटलेट विस्तार भइसकेका छन् । देशका अन्य प्रमुख शहरमा पनि छिट्टै विस्तार गर्ने योजना भएको न्यौपानेले बताए । आर्कषक ‘इन्टीरियर डिजाईन’ सहित संचालनमा रहेका एस–क्याफेभित्र शान्त र मनोरम वातावरणमा स्वदेशमै उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद लिने ब्यवस्था मिलाइएको छ । ‘कफी कल्चरमा रुची नराख्नेका लागि पनि जाउँ–जाउँ लाग्ने वातावरण बनाएका छौँ,’ सिइओ न्यौपानले भने ।

कृष्ण न्यौपाने, सिईओ, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ।

एस–क्याफेमा अहिले पनि गुल्मीको अर्गानिक कफी प्रयोग भइरहेको छ । नेपालमा सबैभन्दा पहिले कफी उत्पादन शुरु गरिएको जिल्लाका रुपमा परिचित गुल्मीमा उत्पादन भएको कफी देश–बिदेशमा परिचित छ । सिद्धार्थ बिजनेश ग्रुपका संचालक पनि गुल्मी निवासी भएकोले यसलाई प्राथमिकता दिए न्यौपानेले बताए । ‘हामीले गुल्मीको कफीको प्रचार प्रसार गर्ने उद्देश्य मात्र बनाएका छैनौँ बाँझो जमिनको सदुपयोग गरि यूवालाई रोजगार र सेवाग्राहीलाई अर्गानिक गुणस्तरिय कफीको स्वाद पनि दिने योजना बनाएका छौँ,’ सिद्धार्थ ग्रुपका सिइओ न्यौपानले भने । ग्रुपमा आवद्ध नयाँ पुस्ताले आफ्नो बारीमा भएका कफीको बोटबाट परिचित भएकोले उनीहरु कफी खेतितर्फ आकर्षित भएका हुन् । सानैदेखि कफीको बोटमा हुर्किएकोले कफीको बोट नौंलो नभएको न्यौपानले बताए ।

गुल्मीमा गरिएको कफी खेती ।

‘देशका प्रमुख शहरका होटल, रेष्टुरेण्ट र क्याफे मार्फत गुल्मीको अर्गानिक कफीको स्वाद चखाउने सिद्धार्थ ग्रुपका संचालकको चाहना थियो, त्यो २०७३ मा एस–क्याफे संचालनसँगै साकार भयो,’ न्यौपानले भने, ‘२०७३ तिर राजधानीमा पहिलो पटक क्याफे शुरु ग¥यौं । गाउँमा कफी खेती गर्ने र शहरमा क्याफे चलाउने सोंचेरै यो काममा हात हालेका हौं ।’ सानैदेखि कफीलाई नजिकबाट नियालेका कारण पनि काम गर्न प्रोत्साहन मिलेको उनले बताए । बाबु–बाजेको पालादेखि नै लगाउँदै आएको बोटलाई मलजल गर्दै थप बोट, बिरुवा लगाउन शुरु गरेको उनको भनाई छ । पुख्र्यौली जमिनमा उहिलैदेखि लगाएको कफीका बोट अहिले पनि रहेको न्यौपानेले बताए । ‘तर त्यसले मात्र हाम्रो माग धान्न सक्ने अवस्था भएन । अहिले बारी र कान्लामा थप बोट लगाएका छौं र अन्य कृषकलाई लगाउन प्रोत्साहन गरेका छौं,’ न्यौपानेले भने ।

बिनय थापा, कफीका जानकार एवं चिफ अपरेटिङ्ग अफिसर, सिद्धार्थ ग्रुप ।

सिद्धार्थ ग्रुपले कफी उत्पादनकै लागि गुल्मीमा सिद्धार्थ बायोटिका संचालनमा ल्याएको छ । जसबाट उच्च प्रविधिको प्रयोगबाट कफी खेती र प्रशोधन सुरु गरिको छ । पुख्र्यौली जमिनमा बाहेक थप दुई हजार सात सय कफीका बोट लगाइएको छ । ‘झण्डै सात सय बाटे ठूला भइसकेका छन् । दुई हजार कफीको बोट गत वर्ष मात्र लगाएका छौँ,’ सिद्धार्थ ग्रुपका चिफ अप्रेटिङ्ग अफिसर बिनय थापाले भने, ‘यसले तीन÷चार वर्षमा फल दिनेछ । उनले तत्कालका लागि माग धान्न यो उपयोगी नहुने बताए । प्रत्येक वर्ष पाँच हजार कफी लगाउने रणनीति तय गरेको सिद्धार्थ समूहले सरकारी निकायसँग सहकार्य गर्दै आएको छ । उनले कफी उत्पादन हुने सम्भावित ठाउँको खोजी गरि त्यहाँका किसानलाई कफी खेति गर्न प्रोत्साहन गर्ने बताए । ‘सम्भावित ठाउँका किसालाई कफी खेति गर्न प्रोत्साहन गर्न आर्थिक तथा प्राविधक सहयोग गर्ने योजना पनि बनाएका छौँ,’ कफी बिज्ञ समेत रहेका थापाले भने ।

एस–क्याफेमा कफी मात्र होइन बिभिन्न भेराईटीका बेकरी र फास्टफुड पाईन्छ ।

कफी उत्पादन गर्न चाहने कृषकलाई बिरुवा, प्राविधिक सहयोग, बजारिकरणका साथै उत्पादन भएको कफी आफै खरिद गरिदिने सिइओ न्यौपानेले बताए । ‘यदि कोही कफी उत्पादनको काममा लाग्न चाहन्छ भने हामी सक्दो सहयोग गर्न तयार छौं । बजार र उचित मूल्यको ग्यारेण्टी हामीले लिन्छौँ,’ न्यौपानेले स्पष्ट पारे । सिद्धार्थ ग्रुपको योजनाले स्वदेशी कफीको ‘ब्राण्ड’ बनाउन मद्दत गर्नुका साथै पहाडका बाँझो जमिन उपयोगमा आउने भएको छ । तर त्यसका लागि कृषकहरु आफै उत्साहित हुनुपर्ने सिइओ न्यौपानेको भनाई छ । उनले भने, ‘तपाई योजना बनाउनुस, तपाईको योजना सफल बनाउन हामीले दिन्छौँ ।’ सिद्धार्थ समूहको पाँचवटा ‘एस–क्याफे’ मा मात्र सय जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । गाउँमा लगाइएको कफीबाट प्रत्यक्ष/अप्रत्यक्षरुपमा कृषकहरु लाभान्वित भएका छन् । आगामी दिनमा आउटलेट बिस्तार गर्दा थप रोजगारी सिर्जना हुने न्यौपानले बताए ।

सिद्धार्थ ग्रुपको नेपालगन्जमा रहेको होटल ।

सिद्धार्थ ग्रुपले संचालन गरेका तारे होटल, रेष्टुराँ लगायतबाट एक हजार बढिले रोजगारी पाएका छन् । सिद्धार्थमा कार्यरत कर्मचारी स्वयंले एस क्याफेमा लगानी गरेका छन् । कफीका पारखीका लागि पहिलो बिकल्प बन्न सकने महसुस गर्दै सिद्धार्थ ग्रुपले शहर र शहरीकरणको चरणमा रहेका प्रमुख ठाउँमा थप आउटलेट बिस्तार गर्ने योजना बनाएको छ । क्याफेमा कफी मात्र नभई बेकरीका बिभिन्न ‘भेराइटी’, चाइनिज कन्टिनेन्टल, ओरेन्टियल, इण्डियन, नेपाली फास्टफुडको स्वाद पनि लिन पाइन्छ । ‘एस–क्याफेप्रति सेवाग्राहीको आर्कषण छ । हालसम्म सबै ठाउँबाट राम्रो रेस्पोन्स पाएका छौं । आगामी दिनमा देशका मुख्य ठाउँमा बिस्तार गर्दै जाने हौसला मिलेको छ,’ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) न्यौपाने भने ।

प्रकाशित मितिः     १४ असार २०७६, शनिबार ०९:१०  |