नेपालगन्ज : गायन, कविता र नृत्य विधामा यस वर्षका नेपालगन्ज नक्षत्र–२०७६ छानिएका छन् । उपमहानगरपालिका भित्रका २३ वडाबाट छनोट भएका १०६ बालबालिकाबीच १४ गते शनिबार भएको फाइनलबाट हरेक विधाका ३ नक्षत्र छानिएका हुन् । प्रतियोगितामा कवितातर्फ धम्बोझी मावि की सरिता बिक प्रथम, शान्ति विद्या निकेतनकी कृतिका पाण्डे दोस्रो र धम्बोझी माविकै पार्वती सार्की तेस्रो भएका छन् ।
त्यसै गरी गायन तर्फ धम्बोझी माविकी मोनिका थापा प्रथम, नेपालगन्ज मोडेल एकेडेमीकी स्मृति बिसी दोस्रो र भेरी इ.मि स्कूलकी दीक्षा फुँयाल तेस्रो भएका छन् ।
एकल नृत्यतर्फ जीभीएन स्कूलकी सरिता फँुयाल प्रथम, नेपालगन्ज मोडेल एकेडेमीकी नम्रता पुनमगर दोस्रो र शान्ति विद्या निकेतनकी स्वस्तिका गुरुङ तेस्रो भएका छन् । सामूहिक नृत्यतर्फ भेरी इ मि स्क्ूलको समूह प्रथम, जिभिएन स्कूल समूह दास्रो र शान्ति विद्या निकेतनको समूह तेस्रो भएको छ ।
निर्णायक वरिष्ठ कथाकार प्राज्ञ सनत रेग्मी, वरिष्ठ कलाकार र संचारकर्मी कमल विके निर्मोही, साहित्यकार पुष्कर रिजाल, कलाकार राकेश गुरुङ, करण शाह र सुरेन्द्र कार्कीको समूहले सबै विधाका नक्षत्र चयन गरेको हो ।
कार्यक्रममा सामूहिक नृत्यमा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद तथा प्रमाणपत्र तथा अन्य तीनै विधाका पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप महानगरपालिकाका प्रमुख धवल शमशेर राणाले बालबालिकाको हौसला, कला, साहित्य र संस्कृतिको विकासका लागि उप महानगरपालिकाले निरन्तर सहयोग र सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा अतिथिहरू उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, आर्ट अफ लिभिङका प्रशिक्षक अध्यात्मका अभियन्ता काव्य लम्साललगायतले प्रतियोगीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
बार्दली फाउन्डेसनका अध्यक्ष भोजराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फाउन्डसनकी सचिव ऋचा लुइँटेलले गरेकी थिइन् । बार्दली फउन्डेसन र नेपालगन्ज उपमहानगरपालिको आयोजनामा गत वर्षदेखि ‘नेपालगन्ज नक्षत्र’ प्रतियोगिता वर्षेनी आयोजना भइरहेको छ ।