नेपालगन्ज १५ असार : पुर्नजिवन पाएको रानीतलाउ जोगाउन ‘छ थरी जरिवाना’ तोकिएको छ । नेपालगन्जमा ‘हेरौ–हेरौ’ लाग्ने भएको उक्त तलाउमा दैनिक जसो कयौं आन्तरिक पर्यटनको भिड लाग्ने गर्छ । त्यसरी पुग्ने पर्यटकबाट तलाउमा कुनै हानीनोक्सानी नहोस् भन्दै सचेत गराउन जरिवाना तोकिएको हो ।
हल्ला गर्नेलाई रु २ सय जरिवाना कायम गरिएको छ । विना टिकट प्रवेश गरेको थाहा लागे त्यस्तालाई रु १ सय जरिवाना भराइने छ । धेरै पर्यटकहरु बिना पर्यटक जान थालेपछि यस्तो जरिवाना तोक्नुपरेको हो । रानी तलाउमा बोटिङ्गका लागि मात्र पनि धेरै पर्यटक जान्छन् । तर बोेटिङ्ग गर्ने बेला लाईफ ज्याकेट र हुक नलगाए मात्र पनि रु १ हजार जरिवना तोकिएको छ । धुम्रपान गरेको रु २ सय, फुलवारीमा फसेमा २ सय, फोहोर पालेमा रु २ सय जरिवाना तोकिएको हो ।
मेय डा धवल शमसेर राणाको प्राथमिकतामा रहेको रानी तलाउ आयोजनामा शनिबार मात्र धामिनसक्नु भिड हुन्छ । नेपालगन्जमा रहेका साना–साना पार्कहरुको आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । हेर्न गएकाबाटै असुरक्षित हुन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले जरिवानाको डन्डा चलाएको हो । ‘जरिवाना लगाउनुपर्ने अवस्था अन्त्य होस् भन्ने चाहिरहेका छौं ।’ रानीतलाउमा खटिएका एकजना कर्मचारी भन्छन्,–‘ सबैले आफ्नै सम्झिएर केही नगर्ने हो भने यस्तो गर्नैपदैन ।’