पुराना घरका नयाँ रुप, नेपालगन्जमा चलेको ‘टे«न्ड’


  • कमल डाँगी

नेपालगन्ज १६ असार : प्रतिष्ठित व्यवसायी एवं उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईको पुष्पलालचोकस्थित निवासलाई नयाँ रुप दिएसंगै ‘गौरीशंकर टावर’ नामाकरण गरिएको छ । ‘गौरीशंकर टे«र्डस’ नेपालगन्जको टे«ड बजारमा कहलिएको फर्मको नाम हो । टे«ड बजारमा सम्भवत त पहिलो पनि । अत्यन्त आर्कषक र आधुनिक डिजाईन सहित घरलाई नयाँ शैली दिएपछि घरको सबैभन्दा माथिल्लो तलाको अघिल्लो भागमा ठुलो अक्षरमा लेखिएको छ,–‘गौरीशंकर टावर ।’ पुष्पलालचोक पुग्ने बित्तिकै गौरीशंकर टावरमा सबैको आँखा पर्न थालेको छ ।

दुई दशक अघि अच्यूत प्रसाईले उक्त घर बनाएका हुन । त्यसबेला पिलर सहित बन्ने पहिलो यतिका ठुलो घर भएको दाबी गरिएको छ । तल्लो तला सहित चार तला भएको उक्त घर आर्कषक नै थियो । त्यही पनि शहरमा नयाँ डिजाईनका घर बनिसकेको देखेका छोरा असिमलाई चित्त बुझेन । उनले घरलाई नयाँ रुप दिएर चम्काउने कुरा घरमा सुझाए । उनकै सुझाव अनुसार काम भएपछि घरले नयाँ रुप लिएको हो । ‘शहर बद्लिएको छ । हामी पनि नबद्लिएर भयो त ?’ असिम भन्छन्–‘बाबा–मामुले बनाउनुभएको घर त्यसै पनि आर्कषक थियो । यसमा थोरै रुप फेर्ने काम गरेका छौं ।’

हालका प्रदेश सांसद बाबुराम गौतमको सुर्खेतरोडस्थित घर पुरानो शैलीमा थियो । तर छोरा डा. प्रचण्ड गौतमले आँखा अस्पताल खोलेपछि घरलाई नयाँ शैली दिएर आर्कषक बनाईएको छ । पुरानो देख्नेहरुले अहिले घर नै चिन्न सक्दैनन् । यि दुई घर मात्र होइन, नेपालगन्जमा पुरानो घरहरुलाई नयाँ रुप दिन थालिएको छ । बिशेष गरी मुख्य सडक छेउका घरलाई धमाधम आर्कषक पारिएको छ । गौरी शंकर टे«डर्सका असिम प्रसाई भन्छन्,–‘पुरानोलाई थप बलियो र नयाँ रुप दिने हो भने त्यसले घरको मात्र होइन शहरको महत्व पनि बढाउने रहेछ । यो शहरको विकासको मानक जस्तो पनि देखिने रहेछ ।’

कसरी बनाउने नयाँ ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ । घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गरिने रेट्रोफिटिंग प्रविधिलाई सेस्मिक रेट्रोफिटिंग भनिन्छ ।

के हो सेस्मिक रेट्रोफिटिंग?

सेस्मिक रेट्रोफिटिंग भनेको बनिसकेका र पुराना संरचनालाई परिमार्जन गरेर उक्त संरचनालाई भूकम्पको जोखिमबाट प्रतिरोधी बनाउन गरिने प्रक्रिया हो्र सुरुवाती समयमा यो प्रविधि पुल, सडक र अन्य ठूला संरचनालाई थप आयु र सुरक्षा दिनका लागि प्रयोग गरिएको थियो ्र पछिलो समयमा पुराना र कम्जोर गरेर बनाइएका घरलाई सुरक्षित बनाउनका लागि घरहरुमा पनि रेट्रोफिटिंग गर्न थालियो ।

आवासीय रेट्रोफिटिंग

घरलाई रेट्रोफिट गरेर भूकम्प प्रतिरोधी बनाउने पक्रियालाई आवासीय रेट्रोफिटिंग भनिन्छ । यस रेट्रोफिटिंगमा पर्ने प्रविधि र प्रक्रियालाई धेरै पहिले देखि नै नेपालका पुराना संरचना – जस्तै मन्दिर, दरबार आदिहरुलाई सुरक्षित गर्नका लागि प्रयोग गर्दै आइएको छ ्र नेपाल एक उच्च भूकम्पीय जोखिममा भएको राष्ट्र हुनाले र नेपालका अधिकांस घरहरु पुराना भएका र भूकम्प प्रतिरोधी नभएकाले नेपालका लागि रेट्रोफिटिंग एक राम्रो विकल्प बन्न सक्छ ।

नेपालगन्जमा कस्तो छ बजार ?

नेपालगन्जमा पुराना घरलाई नयाँ बनाउने काम व्यवसायीकरुपमा हुन सकेको छैन । यद्यपी सिमित मात्रामा यो काम भइरहेको छ । अहिले पनि अधिकांस मानिसहरु रेट्रोफिटिंग र इन्टररियर डिजाईजनजस्ता कामका लागि काठमाण्डौं र लखनउमा भर पर्ने गरिन्छ । यहाँ महंगो भएको भन्दै ती ठाउँबाटै सामान र कामदार मगाउनेको कमी छैन ।

प्रकाशित मितिः     १६ असार २०७६, सोमबार १५:३९  |