नेपालगन्ज १७ असार : विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका कर्मचारीले सेवाग्राहीसंग तीन लाख रुपैया घुस लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाण्डौंमा सोमबार आरोप–पत्र दायर गरेको छ ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक समेत ३ जना उपर आरोप–पत्र दायर गरेको हो । अन्य दुई आरोपीमा अदालतकै कार्यालय सहयोगी गयादिन गडरिया र पाठकका छोरा आदित्य रहेका छन् । गडरियाले सोही मुद्दामा एक लाख घुस लिएको अख्तियारको दावी छ । आदित्य माथि भने बाबु कृष्णले लिएको रकम फरार भई घुस लिने कार्यमा संलग्न भएको आरोप–पत्र तयार गरिएको छ ।
नेपालगन्जबाट अख्तियारले केही महिना अघि पाठकलाई पक्राउ गरेको थियो । अख्तियारले रंगेहात घुस रकम सहित पक्राउ गरेको सार्वजनिक गरेको भएपनि पाठकबाट घुस रकम बरामद नभएको खुलेको थियो । उक्त रकम छोरा आदित्यले लगेर फरार भएको अख्तियारको दावी छ । सोही प्रकरणमा अख्तियारले छोरा बिरुद्ध पनि मुद्दा दायर गरेको हो ।
घुस रकम सहित पक्राउ गरेको दावी गरेपनि रकम बरामद नभएको तथ्य खुले पछि अख्तियारका कर्मचारी तनावमा थिए । अख्तियारका लागि प्रतिष्ठाको बिषय बनेको उक्त मुद्दामा बिशेष अदालतले कस्तो फैसला सुनाउँछ भन्ने प्रतिक्षाको बिषय बनेको छ ।
प्रेस विज्ञप्ति
मिति २०७६।०३।१७ गते ।
—————————————–
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।
—————————————-
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक र कार्यालय सहयोगी गयादिन गडरियाले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग क्रमश रू।३,००,०००।–र रू।१,००,०००।( घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज नायव सुब्बा कृष्ण कुमार पाठकलाई सेवाग्राहीसँग रू।३,००,०००।– ९तीन लाख० घुसबापतको रकम लिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज कृष्ण कुमार पाठक र निजको छोरा आदित्य कुमार पाठकले एक आपसमा मिलेमतो गरी अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा घुस रकम माग गरी निज कृष्ण कुमार पाठकले सेवाग्राहीसँग रू ३,००,०००।–९तीन लाख० घुस बापतको रकम लिई निजको छोरा आदित्य कुमार पाठकलाई दिएकोमा निज आदित्य कुमार पाठक उक्त घुस रकम लिई फरार रहेको देखिएकोले उक्त घुस रकम लिने कार्यमा निज कृष्ण कुमार पाठकको प्रत्यक्ष संलग्नता देखिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको स(प्रमाण पुष्टि हुन आएकोले निज कृष्ण कुमार पाठकलाई विगो रू।३,००,०००।– ९तीन लाख० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम सजाय हुन र निज आदित्य कुमार पाठकले उक्त घुस लिने कार्यमा सहयोग गरेको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम हुने सजायमा ऐ।ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी लिइएको ।
साथै कार्यालय सहयोगी गयादिन गडरियाले उक्त मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रू।१,००,०००।–९एक लाख ० घुस रिसवत माग गरी लिन मञ्जुर गरेको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको स(प्रमाण पुष्टि हुन आएकोले निज गयादिन गडरियालाई विगो रू। १,००,०००।–९ एक लाख० कायमा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई मिति २०७६।०३।१६ गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला