भारतबाट आयात गरिएको तरकारीमा विषादी भेटिएन, अझै सचेत हुन जरुरी


नेपालगन्ज १८ असार : भारतबाट आउने तरकारीमा विषादी हुन सक्ने आशंका सहित सरकारले विषादी परीक्षण गरेरमात्र भित्रिन दिने नीति अपनायो । तर नेपालगन्ज नाका हुँदे प्रवेश आयात गरिने तरकारीमा विषादी नभेटिएको परिक्षण गर्ने निकायले दावी गरेको छ ।  विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई नेपालगन्जका प्रमुख शकिल अहमदका अनुसार अहिलेसम्म परिक्षण गरिएका तरकारी तथा फलफुलमा विषादी नभेटिएको बताए ।

अहिले दैनिक ५०–६० वटा गाडीको विषादी जाँच गराउने कार्य भइरहेको छ । आलु, प्याज जस्ता तरकारी आयात गर्ने सिजन भएकाले विषादी नदेखिएको हुनसक्ने अहमदले जानकारी दिए । त्यस्तो तरकारीमा विषादी कमै प्रयोग हुने गर्छ । तर लौका,फर्सी, सागसब्जी जस्ता ताजा तरकारी आयात हुने बेला सचेत हुनुपर्ने अहमदले जानकारी दिए ।बेमौसमी तरकारीमा विषादीको मात्रा धेरै हुने गरेको बताउँदै प्याज र आलूमा विषादीको मात्रा न्यून भएको बताए । ‘अहिलेसम्म मानव स्वास्थ्यमा असर पर्ने विषादी फेला परेको छैन,’ उनले भने ।

सरकारले अवलम्बन गरेपछि नेपालगन्जमा तरकारी महंगो भएको छ । विषादी परीक्ष गराउन असहज भएपछि एक ढिलो गरिमात्र तरकारी नेपालगन्ज आउने गरेको तरकारी ब्यापारी हाजी हैदर अलीले बताए । उनले ढिलोगरि तरकारी नेपालगन्ज आउँदा कुहिने र सड्ने भएकोले थोक तरकारी ब्यापारीले खुद्रा ब्यापारीलाई महंगोमा दिन थालेपछि तरकारीको भाउ महंगो भएको हो ।

प्रकाशित मितिः     १८ असार २०७६, बुधबार ०८:१५  |