बाँकेका होटल व्यवसायी भन्छन्,–‘गुणस्तरमा प्रतिस्पर्धा गरौं’


नेपालगन्ज १८ असार : बाँकेका होटल व्यवसायीले अस्वथ्य प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरमा ध्यान पु¥याउनुपर्नेमा महसुस गरेका छन् । बुधवार नेपालगन्जको बिपीचोकमा टोल समिति गठन गर्ने कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले गुणस्तरमा ध्यान नदिएर व्यवसाय टिक्न नसक्ने बताए ।

‘होटल–होटलवीच हुने अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गरौं । अब कुन होटलमा कस्तो परिकार, बस्ने व्यवस्था, सेवाग्राहीलाई गर्ने व्यवहार कस्तो बनाउने भन्ने बिषयमा प्रतिस्पर्धा गरौं ।’ अध्यक्ष कँडेलले भने–‘यहाँका होटल टिकाउन र अलग्गै पहिचान दिन यो अत्यावश्यक भइसकेको छ ।’ कँडेलले कात्र्तिकमा हुने भनेको खाना महोत्सवलाई लक्षित गरी नयाँ–नयाँ परिकार बनाउन पनि व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले करको दायरामा नआएका ठेला व्यापारले नोक्सानी पुर्याएको भन्दै रोक्न सरोकारवाला निकायसंग माग गरेका थिए ।

यस्तै, होटल व्यबसायी संघ बाँके अन्र्तगत नेपालगन्जको बिपीचोक टोल समितिको अध्यक्षमा टोपबहादुर थापा सर्वसम्मत चयन भएका छन् । आज राज कुमार बिकको अध्यक्षतामा भएको टोल भेला कार्यक्रमलको प्रमुख अथितीमा होटेल व्याबसायी संघ बाके का अध्यक्ष भिम लाल कंडेल, अन्य अतिथीमा अतिथीमा बरिष्ठ उपाध्यक्ष राम बहादुर लिम्बु उपाध्यक्ष टेक नारायण सापकोटा ,महासचिव तथा भेला संयोजक रङ्ग बाहादुर खड्का, कोषाध्यक्ष टिकाराम खनाल प्रबक्ता डिलाराम पौडेल प्रदेस सदस्य तथा कार्यसमिति सद्स्य दुर्गा बम सद्स्य केशव योथी, सद्स्य निर्मला सजुवालको उपस्थिती थियो ।
यस्तो छ, कार्यसमिति
१)अध्यक्ष : टोप बहादुर थापा
२ ) उपाध्यक्ष : घनश्याम शर्मा
३)सचिब :प्रेम नारायण शर्मा
४)कोषाध्यक्ष : सिता गुरुङ
सदस्य
अतुल गुप्ता ,अबधेश जैसवाल ,सेर बहादुर रोकाय, अजय श्रेष्ठ ,शंकर घिमिरे
सल्लाहकार
भद्र बहादुर बुढा ,लक्षमण भट्टराई ,हस्त बहादुर शाही

प्रकाशित मितिः     १८ असार २०७६, बुधबार १६:३०  |