बाइसे राज्यको इतिहाससंग जोडिएको गुर्भाकोट नगरपालिका


कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट ग‌ंगामाला नगरपालिका २०७२ असाेजमा बेनेकाे थियाे भने यसमा साविका सहारे, मालारानी र धारापानी गा.वि.स. थप  गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घाेषणा भएकाे हाे । जसकाे अक्षांश २८ ३३, उत्तर देखि २८0  ५३, सम्म र देशान्तर ८१0  ८१,  पुर्व सम्म फैलाएकाे छ । यस नगरपालिकाकाे २०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ४३ हजार ७ सय ६५ जना रहेकाेमा पुरुष १९ हजार ८ सय ८२ र महिला २३ हजार ८ सय ८३ जना रहेका छन भने क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेकाे छ ।

यस क्षेत्रमा व्यापार, उद्याेग, पर्यटन, व्यवसायिक कृषि पशुपालन माध्यमबाट यस क्षेत्रका मानिसहरुकाे जिविकाेपार्जन भएकाे देखिन्छ । यस नगरपालिकामा सवै प्रकारका जातजातीहरुकाे मिश्रित प्रकारकाे बसाेवास रहेकाे देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुकाे उच्च बसाेबास रहेकाे छ । यस क्षेत्रमा मगरहरुकाे उल्लेखनिय बसाेबास रहेका पाइन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाइ मातृभाषाकाे रुपमा प्रयाेग गरेकाे पाइन्छ भने मगर भााषाकाे पनि प्रचलन रहेकाे छ ।

यस क्षेत्रमा खेतीयाेग्य जमिन भए पनि सिचाइकाे अभाव, तथा उच्च अाधसनिक प्रविधिकाे अभावमा यहाँका मानिसहरु जिविकाेपार्जनका लागि व्यवसाय,कृषि, पशुपालन ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक राेजगारीका अवसहरु खाेजिरहेकाे पाइन्छ । नगरपालिकाकाे नाम गुर्भाकाेट नामाकरण गर्नुमा यस क्षेत्रकाे एेतिहासिक बाइसे राज्यकाे रुपमा रहेकाे गुर्भाकाेट हाे ।  प्रारम्भमा सल्यान जिल्ला रहेपनि याे क्षेत्र २०१८ सालकाे १४ अंचल ७५ जिल्ला विभाजन पछि सुर्खेत जिल्लामा गाभिन पुगेकाे हाे । यस नगरपालिकाको पुर्वमा सिम्ता गाउँपालिका र सल्यान जिल्ला पश्चिममा भेरी गंगा नगरपालिका र लेखवेशी नगरपालिका दक्षिणमा सल्यान जिल्ला र उत्तरमा लेखवेशी नगरपालिकाकाे विचमा गुर्भाकाेट नगरपालिका रहकाे छ । यस नगरपालिकाकाे राजधानि मेहेलकुना रहेकाे छ ।

गुर्भाकोट नगरपालिकाको वडा संरचना तथा जनसंख्या विवरण:   

नगर प्रमुख हस्त पुन
ईमेल:
hastapungurbhakotmun@gmail.com
फोन:
9848140667
उप प्रमुख मैना वि.क
ईमेल:
mainabkgurbhakotmun@gmail.com
फोन:
9848139139
Section:
न्यापालिका
सन्र्दभ सामाग्री : गुर्भाकोट नगरपालिकाकाको वेयभसाईडबाट
प्रकाशित मितिः     १९ असार २०७६, बिहीबार १०:३४  |