बाँके २० असार : नेपालगन्ज उपमहानगरपालिकाले कर संकलनमा भएका व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ । कर कार्यान्वयनका लागि हाल भएकै व्यवस्थालाई आगामी आर्थिक वर्षदेखि कडाईका साथ लागु गरिने उप–मेयर उमा थापामगरले जानकारी दिनुभयो । बिहिवार पाँचौ नगरसभाबाट पारित आर्थिक विधेयकले थोरै मात्र कर परिमार्जन गर्ने निर्णय गरेको छ । अन्य अधिकांस शिर्षकको कर यथावत छ ।
कर बृद्धि नगरेपनि भएकै व्यवस्थालाई कार्यान्वयन गरिने गरी कार्ययोजना तयार गरिने उप–मेयर थापाले बताउनुभयो । उपमहानगरपालिकाले नियमानुसार कार्यालयमा बुझाउनुपर्ने कर नबुझाउने करदाता र वक्यौता भएका व्यक्तिको नाम सन्चारमाध्यममा सार्वजनिक गर्नेदेखि त्यस्ता व्यक्ति उपर सरकारी सेवा रोक्का गर्नेसम्म नीति लिइएको छ । नियमितरुपमा कर तिर्नेलाई भने प्रोत्साहन गरिने छ ।
उपमहानगरपालिकाका लागि वक्यौता रकम टाउको दुखाईको बिषय बन्दै आएको छ । कर संकलनमा पनि सकस पर्छ । वर्षौ पुरानो वक्यौताको अहिले पनि जस्ताको त्यस्तै छ । तर अब त्यस्ता व्यक्तिहरुको नाम सन्चारमाध्यममा सार्वजनिक गरिने र मालपोत कार्यालय मार्फत व्यक्तिको चल, अचल सम्पत्ति रोक्का राख्ने, सरकारी सेवा सुविधा रोक्का राख्नेसम्मको कारवाही गर्ने नीति लिएको छ ।
यस्तै दर्ता र नविकरण बिनानै व्यवसाय सन्चालन गर्नेसंग कुनै पनि निर्माणकार्य, खरीदकार्य र परामर्श कार्य नगर्ने नीतिगत निर्णय भएको छ । उपमहानगरले कर संकलनन कार्यलाई प्रविधियुक्त र चुस्त दुरुस्त पार्ने कार्ययोजना पनि अघि सारेको छ ।
https://nepalgunjbusiness.com/2019/07/8527/