- कमल डाँगी
नेपालगञ्ज २२ असार : यो सिजनमा हिल्सा र केरुङ्ग नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न गएका सात जना भारतिय तिर्थयात्रीको अक्सिजनको कमीले मृत्यु भएको छ । दक्षिण भारतका आर मुत्त स्वामी, यरमन इन्द्रसेन, मनिवावा हरि गिरी, सुमित्रा रेड्ी, गुरुस्वामी परमानन्द, जोन विजय नविन चन्द्र, अरबिन्द कुमार लाल भाई पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिनुभयो ।
सुमित्रा रेड्ी हिल्सा र अन्य छ जना केरुङ्ग नाकाबाट मानसरोवर गएका थिए । त्यहाँ उनीहरुको मृत्यु भएको थियो । मृतकको शव हिल्सा–सिमिकोट हुँदै नेपालगञ्ज पु¥याए पछि घर पठाइएको छ । एक जनाको शव नेपालगञ्जबाट काठमाण्डौ हुँदै हवाईमार्गमा र बाँकी छ जनाको रुपैडिया नाकाबाट स्थलमार्ग हुँदै पठाइएको हुम्ला प्रहरीले जानकारी दिएको छ । नेपाल हुँदै मानसरोवार गएका ती तिर्थयात्रीको फरक–फरक समयमा तिव्वती भू–भागमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताउनुभयो ।
केरुङ्ग नाका हुँदै कैलाश जाने क्रममा मृत्यु भएका तिर्थयात्रीको शव पनि हिल्सा नाका हुँदै नेपालगञ्ज ल्याई पु¥याइन्छ । भारत पुग्न सबैभन्दा नजिकको रुट पर्ने भएकाले हिल्सामा शव ल्याउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । ‘चिनमा पोष्र्टमाट भइसकेपछि त्यसको प्रमाण हामीले सुरक्षित राख्छौ ।’ उहाँले भन्नुभयो–‘ त्यसपछि प्लेनबाट शव नेपालगञ्ज पठाउँछौ ।’ नेपालगञ्ज शव ल्याएपछि घर लैजाने गरिन्छ ।
हिल्सा नाका मानसरोवार जाने प्रमुख रुट हो । यहाँबाट असार दोस्रो सातासम्म १५ हजार तिर्थयात्री कैलाश दर्शन गर्न गएका छन् । त्यहाँ पुग्ने मध्ये अधिकांस तिर्थयात्री धेरै उमेरका हुने गरेका छन् । प्रहरी निरीक्षक खड्काका अनुसार अक्सिजनको कमीले गर्दा तिर्थयात्रीको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । मानसरोबर जाने भएको पर्यटकको निकै चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।
मानसरोवरको सिजन बैशाखबाट शुरु भई भदौसम्म चल्छ । जतिसुकै कष्ट भए पनि भगवान महादेवको बासस्थान मानिने कैलाश मानसरोवर आउने तिथयात्रीको संख्या उल्लेखिय छ । कैलाशलाई बिश्वभरका हिन्दुहरुले ठुलो श्रद्धापूर्वक हेर्छन ।