बाँके / नेपालगञ्ज गणेशपुरलस्थित आशरा सप्लायर्स एण्ड मेनुफेक्चरिङ्गले मखमल र जर्दी जडित आर्कषक झोला उत्पादन शुरु गरेको छ । बिवाह, पास्नी, तीज जस्ता पर्वका बोकेर हिड्न सुहाउने झोला पश्चिम नेपालमै पहिलो पटक उत्पादन शुरु गरेको उद्योगकी सञ्चालिका नाजिया अलि (शर्मा)ले जानकारी दिनुभयो ।
यस्ता झोला भारतबाट आयात हुने गरेको छ । अब भने नेपालगञ्जमै उत्पादन भइरहेको अलि (शर्मा)ले बताउनुभयो । ‘तीज पर्व पनि नजिक आएको छ । त्यस बाहेक विवाह पार्टीमा लैजान मिल्ने भएकाले अहिले निकै प्रयोगमा छ यो झोला’– अलि (शर्मा)ले भन्नुभयो ।
झोला बनाउन भारतबाट कच्चा पदार्थ र कालगढ ल्याइएको छ । उनीहरुले उत्पादन गरेको झोलाले पश्चिम नेपालको बजार हिस्सा लिने सम्भावना रहेको छ ।