सभागृहको जग्गा खारेज प्रकरणमा बास्तविकता खोतल्दै संघ, बनायो अध्ययन समिति


बाँके/नेपालगञ्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसरको जग्गाको ‘लिज’ सम्झौता खारेज प्रकरणको बास्तविकता खोतल्न आन्तरिक अध्ययन समिति गठन गरेको छ । शहरी विकास मन्त्री मो. ईस्तियाक राईले आईतवार गृहनगरमा आएको समयमा बहुउदेश्यीय सभागृह निर्माणका लागि संघसंग गरिएको जग्गा भाडामा दिने सम्झौता खारेज भएको अभिव्यक्ति दिएका थिए ।

सोही सम्बन्धमा छलफल गर्न संघको बैठक सोमवार बसेको थियो । बैठकमा मन्त्री राईको अभव्यिक्तिप्रति आश्चार्य व्यक्त गर्दै सम्झौता खारेज भए÷नभएको र भएको भएपनि कुन विधि र प्रक्रियाबाट भएको भन्ने विषयमा छलफल भएको थियो । मन्त्री राईले भने जस्तै जग्गा सम्झौता खारेज नभएको प्रारम्भीक निष्कर्षमा पुगेको संघले त्यसका बारेमा बास्तविकता पत्ता लगाउन अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्ष एवं बर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, महासचिव अजय टण्डन, बरिष्ठ सदस्य बसन्त लामिछाने, कार्यसमिति सदस्य टंक बहादुर धामी सहितको एउटा अनध्ययन समिति बनाएको छ ।

अध्ययन समितिले काठमाण्डौं पुगेर जग्गा सम्झौता खारेज भए नभएको बास्तविकता पत्ता लगाउने अध्यक्ष बैश्यले बताए । उनले भने,–‘एकाएक मन्त्री ज्यूको अभिव्यक्ती आएपछि हामी अचम्ममा परेका छौं । बास्तविकता के हो भन्ने बिषयमा बुझछौ ।’ संघले जग्गा सम्झौता खारेज नै भएको भए त्यसका बिरुद्धमा के गर्ने भन्ने विषयमा पनि आन्तरिक परामर्श शुरु गरेको छ ।
संघले सुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तयसका लागि महोत्सव आयोजना गरेर रकम संकलन गर्न खोजे पनि रु १ अर्व जुटाउन सकिएको छैन । जसका कारणले सभागृह बनाउन नसकिएको संघले बताउँदै आएको छ ।

प्रकाशित मितिः     २४ असार २०७६, मंगलवार ०६:४६  |