‘हेल्थ बिनिफिटनेश’ वार्षिकत्सव मनाउँदै, साउन पहिलो साता यस्ता छन् कार्यक्रम


नेपालगञ्ज / नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडी रहेको अत्याधुनिक सुविधा सम्पन्न ‘हेल्थ बिनिफिटनेश’ सञ्चालनकोे प्रथम वार्षिकत्सव मनाउँदै छ । महिला व्यायवसायी बिनि टण्डन सञ्चालक रहेको उक्त फिटनेश सेन्टरले साउन १ गतेदेखि साताव्यापी कार्यक्रम आयोजना गर्दै छ ।

‘एकवर्षको समयमा हामी सफल भएको महसुस गरेका छौैं । हाम्रा सदस्यहरु सेवाबाट खुःसी रहनुभएको छ, यही ठुलो कुरा हो’ बिनि टण्डनले भनिन–‘ आगामी दिनमा अझ यसलाई परिस्कृत गर्ने प्रयास गर्दैछौ ।’ फिटनेस सेन्टरभित्र जीमका नियमित बाहेक स्टिम बाथ, जुमा डान्स, एरोबिक्ससम्मका सुविधाहरु छन् ।

‘फिटनेस एरिया पुरै हाइजेनिक छ’, वातानुकुलित भवन भित्र सरसफाईलाई विशेष ख्याल गरिएको जानकारी दिंदै बिनिले भनिन, ‘तपाई कार्यालयबाट आएर होस् वा कार्यालय जानु अघि फिटनेस सेन्टरको उपयोग गर्न सक्नुहुन्छ ।’ उनको भनाइ थियो, ‘चेन्जिङ्ग रुमदेखि बाथरुमसम्मका सुविधासँगै लकरको व्यवस्था गरिएकाले आफ्ना आवश्यक कपडाहरु सुरक्षित र व्यवस्थित राख्न सकिनेछन् ।

साताव्यापी कार्यक्रम अन्र्तगत बिनिफिटनेशले श्रावन १ गते नेपाली सांस्कृतिक नृत्य, २ गते पञ्जावी भांग्रा, ३ गते बलिउड स्टाईल, ४ गते मुख्य कार्यक्रम आयोजना गर्ने र त्यसमा पुरस्कार बितरण गर्ने, ५ गते जुम्वा डान्स,६ गते मार्टियल आर्टस र ७ गते बडि अट्याक्स प्रशिक्षण जस्ता कार्यक्रमको आयोजना गरिदै छ । साताव्यापी कार्यक्रममा आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको बिनिफिटनेशले जनाएको छ ।

प्रकाशित मितिः     २४ असार २०७६, मंगलवार ०८:०८  |