प्रदेश नंं. ५ सरकारको सहयोगमा ४२ ठाउँमा सिसिटिभी लगाउँदै प्रहरी


बाँके / देश नंं. ५ सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालय दाङ्गले ४२ स्थानमा सिसिटिभी जडान शुरु गरेको छ । शान्ति, सुरक्षा र सवारी दुर्घटना नियन्त्रण गर्न संवेदनशिल ठाउँको पहिचान गरी सिसिभिटी क्यामेरा जडानको काम शुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवराज पोख्रेलले जानकारी दिए ।

असारको अन्तिम सातासम्म काम सक्ने गरी बिभिन्न ठाउँमा प्राविधिकहरुले सिसिटिभी जडानको काम गरिरहेका छन् । प्रदेश अन्र्तगत रहेका १२ जिल्लाका ४२ स्थानमा क्यामेरा जडान गरी त्यहाँ हुने हरेक गतिविधिलाई निगरानी गरिने प्रवक्ता डिएसपी पोख्रेलले बताए । यसका लागि प्रदेश सरकारले रु ३ करोड बजेटको सहयोग गरेको छ ।

अत्याधिक सवारी दुर्घटना हुने राजमार्ग क्षेत्र, संवेदनशिल मानिने सार्वजनिक स्थान, सीमा नाका र प्रहरी कार्यालयमा आवश्यकताको आधारमा सिसिटिभी जडान भइरहेको छ । तत्कालिन प्रहरी प्रमुख डिआईजि पिताम्बर सुवेदीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न र बढ्दो सवारी दुर्घटना रोक्न सिसिटिभी राख्ने कार्ययोजना अघि सारेका थिए । त्यसमा प्रदेश सरकार सकारात्मक भई सहयोग गरेको हो ।

प्रदेश पाँचमा पर्ने महेन्द्रराजमा अत्याधिक सवारी दुर्घटना हुने गर्छ । तर अव सवारीसाधनको गति सिसिभिटी क्यामेरामा कैद हुने भएिपछि दुर्घटना रोकिने अपेक्षा गरिएको छ । सिमा नाकामा सिसिटिभी सञ्चालनमा ल्याउँदा सकभर अपराध गर्न हुने र भएपनि अपराधीको पहिचान गर्न सहज हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः     २५ असार २०७६, बुधबार ०७:५८  |