नेपालगञ्ज -स्वदेशी बजारमा करिब १५ अर्ब रुपैयाँ लगानीसहित तीन दर्जन नयाँ औषधी उद्योग थपिँदैछ । पूराना उद्योगले पनि थप लगानी गर्दै नयाँ उत्पादन इकाइ थप्ने र उत्पादनमा विविधता ल्याउने काम जारी राखेका छन् । नेपालगञ्जमा पनि ठुलो औषधी उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।
उद्योगको संख्या थपिएसँगै घरेलु बजारमा औषधीको आपूर्ति बढेर अस्वस्थ्य प्रतिस्पर्धा समेत बढ्ने अवस्था छ । दुई वर्ष अघि औषधी उद्योगमा ठूलो लगानीसहित प्रवेश गरेका नयाँ खेलाडीनै समस्यामा छन्। ‘लगानीको योजना बन्दै गर्दा चाँडै नै ३० प्रकारका आधारभूत औषधीको आयातमा प्रतिबन्ध लाग्ने चर्चा थियो,’म्याग्नस फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक प्रेम जाटियाले बिजमाण्डु डटकमसंग भने,’तर अझैसम्म सरकार अलमल गरिरहेको छ,नयाँ उद्योगलाई अब उत्पादित औषधी कसरी र कहाँ बेच्ने भन्ने चिन्ताले पिरोलेको छ।‘ रोयल फर्मास्युटिकल्सका संचालक पवन साहले औषधीको बजार चुनौतीपूर्ण रहेको बताए।
https://nepalgunjbusiness.com/2019/05/6558/