नेपालगञ्ज – भन्सार विभागले चालू आर्थिक वर्षको जेठ महिनासम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ अर्व ७८ करोड बढी राजस्व संकलन गरेको छ । ्आर्थिक वर्ष २०७५।७६ को वाषर््िाक लक्ष्य रु. ४१८ अर्ब ५ करोड रहको छ । जेठ मसान्तसम्म रु. ३७६ अर्ब ३८ करोड लक्ष्य रहेको मा रु. ३३२ अर्ब ५१ करोड राजस्व संकलन भई लक्ष्यको तुलनामा ८८.३५ प्रतिशत संकलन भएको छ जुन संकलन गत आ.व.को सो ही अवधिको तुलनामा १७.६१ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७४।७५ को यसै अवधिसम्म रु. २८२ अर्ब ७३ करोड संकलन भएको थियो । आर्थिक वर्ष २०७५।७६ को जेठ महिनासम्म शीर्षकगत रुपमा हेर्दा भन्सार महसुलतर्फ (पूर्वाधार कर समेत) रु. १५८ अर्ब ९४ करोड लक्ष्य रहेकोमा रु. १४३ अर्ब ४० करोड संकलन भई लक्ष्यको तुलनामा ९०.२२ प्रतिशत संकलन भएको छ । मूल्य अभिवृद्धि कर तर्फ रु. १६४ अर्ब ५० करोड लक्ष्यमा रु १४४ अर्व ४८ करोड
(लक्ष्यको तुलनामा ८७.८३ प्रतिशत) संकलन भएको छ । अन्तःशुल्कमा रु. ४४ अर्ब ६३ करोड संकलन भएको छ जुन रु. ५२ अर्ब ९३ करोड लक्ष्यको८४.३२ प्रतिशत हुन आउँछ । आ.व. २०७५÷७६ जेठ महिनाको र जेठ महिनासम्मको शीर्षकगत राजस्व संकलन जेठ महिनाको जेठ महिना सम्मको शीर्षक लक्ष्य (रु. हजार ) प्रगति (रु. हजार ) प्रगति प्रतिशतमा लक्ष्य (रु. हजार ) प्रगति (रु. हजार ) प्रगति प्रतिशतमा भन्सार महसुल (पूर्वाधारकर समेत) आयात भएका प्रमुख वस्तुहरु चालू आ.व.को प्रथम ११ महिनामा कुल मूल्य रु. १,२९९ अर्ब ८० करोडको मालवस्तु आयात भएको छ ।
आयात भएका प्रमुख पाँच वस्तुहरूमा पे ट्रो लियम, बिटुमिन तथा को इला शीर्षक प्रथम स् थानमा र हे को छ जसको आयात रु २३१ अर्ब ७३ करोड मूल्यको भएको छ । गत वर्षको समीक्षा अवधिमा यसकोआयात रु. १७५ अर्ब ८७ करोड मूल्यको भएको थियो । दोस्रो ः थानमा फलाम तथा इस्पात रु १३२ अर्ब ३१ करोड मूल्यको आयात भएको छ, गत वर्ष सो ही अवधिमा रु. ११२ अर्ब ११ करोडको आयात भएको थियो । त्यसैगरी ते स्रोमा मेशिनरी र तिनका पार्टस (रु १० ९ अर्ब ८८ करो ड, गतवर्ष रु ११५ अर्ब ३० करोडको आयात भएको ), चौथो मा सवारी साधन तथा तिनका पार्टपुर्जा (रु. ८४ अर्ब ४२ करोडको आयात भएको , गतवर्ष रु ७७ अर्ब ८२ करोडको आयात भएको ) तथा पाँचौ ंमा इलेक्ट्रिक, मे शिनरी उपकरण र तिनका पार्टस्को (रु. ८१ अर्ब ७२ करोडको आयात भएको छ, गतवर्ष उक्त वस्तु रु ६९ अर्ब ८१ करोड मूल्यको आयात पैठारी भएको छ ।
पेट्रोलियम, बिटुमिन तथा कोइला फलाम तथा इस्पात मेशीनरी र तिनका पार्टस सवारी साधन तथा तिनका पार्टपुर्जा इलेक्ट्रिक, मेशीनरी उपकरण र तिनका पार्टस् आयात मूल्य रु. अर्बमा प्रथम ११ महिनामा आयात भएका प्रमुख वस्तुको तुलनात्मक विवरण आ.व. २०७४÷७५ आ.व. २०७५÷७६ निर्यात भएका प्रमुख वस्तुहरु चालू आ.व.कोप्रथम ११ महिनामा कुल मूल्य रु. ८७ अर्ब ८३ करोडको मालवस्तु निर्यात भएको छ ।
निर्यात भएका प्रमुख पाँच वस्तुहरूमा जीवजन्तु र वानस्पतिक बोसो र तेल शीर्षक प्रथम ः थानमा रहेको छ जस्को निर्यात करीब रु. ११ अर्ब मूल्यको भएको छ । गत वर्षको समीक्षा अवधिमा यसको निर्यात रु. ३२ करोड मूल्यको मात्र भएको थियो । दोस्रो स्थानमा मानव निर्मित स्टेपल फाइबर्स रु. ९ अर्ब ३ करोडको निर्यात भएको छ, गत वर्ष रु. ७ अर्ब ५६ करोड मूल्यको निर्यात भएको थियो । तेस्रोमा कफी, चिया रु. ७ अर्ब ६२ करोड मूल्यको निर्यात भयो , गतवर्ष रु. ८ अर्ब ४९ करोडको निर्यात भएको थियो । चौथो मा कार्पेट तथा टेक्सटाइल रु. ७ अर्ब ५ कर ो डको निर्यात भयो (गतवर्ष रु. ६ अर्ब ७२ करोडको निर्यात भएको ) तथा पाँचौ ंमा फलाम तथा इस्पात रु.५ अर्ब ४३ करोडको निर्यात भयो गतवर्ष उक्त वस्तु रु. ४ अर्ब ६६ करोड मूल्य बराबरको निर्यात भएको थियो ।