हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिए उद्योगी, व्यवसायी


नेपालगञ्ज -साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले आज मंगलबार हातमा कालो पटट्ी बाँधेर काम गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बिरोधको कार्यक्रम अन्र्तगत भोली साउन १ गते नेपालगञ्जको व्यापार, व्यवसाय बन्द गरिदै छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् ।

सोमवार संयुक्तरुपमा दुवै संगठनले साउनबाट लागु हुने नयाँ आर्थिक नीतिको बिरोधमा आन्दोलनको घोषणा गरे । संघका अध्यक्ष नन्दलाल बैश्य, कमर्शका अध्यक्ष शतिश कुमार अग्रवाल, संघका विरोध कार्यक्रम संयोजक अब्दुल वाहिद मन्सुरीले संयूक्त बिज्ञप्ती जारी गरी साउन १ गते सम्पूर्ण उद्योग, व्यवसाय बन्द गर्ने घोषणा गरेका छन् ।

असार ३१ गते (मंगलबार) आ–आफ्नो प्रतिष्ठानमा कालो पट्टी बाधी विरोध जनाउने, श्रावण १ गते, (बुधबार) नेपालगन्ज उद्योग आ–आफ्नो प्रतिष्ठान र उद्योगहरु बन्द गरि विरोध कार्यक्रयमा सहभागि हुनका लागि हुने आन्दोलनको घोषणा गरिएको छ ।

 

https://nepalgunjbusiness.com/2019/07/8958/

https://nepalgunjbusiness.com/2019/07/8837/

प्रकाशित मितिः     ३१ असार २०७६, मंगलवार १४:३२  |