कोहलपुर – सिभिल बैंकले आज बिहिवार कोहलपुरमा आफ्नो ९६ औं शाखा उद्घाटन गरेको छ । मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन गरे । बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा बैंक तथा बित्तीय संस्थाको संख्या योसंगै ३१ पुगेको छ । यहाँ थप शाखा खोल्ने क्रममा रहेको छ ।
कोहलपुरका मेयर रावतले शाखा उद्घाटन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्न बैंक तथा वित्तीय क्षेत्रलाई सुझाव दिए ।
कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिए । रावतले बैंक तथा वित्तीय क्षेत्रको उपस्थितीले जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुृर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको संख्या बढ्न्ुले यहाँको परिवर्तन झल्काएको बताए । अध्यक्ष अधिकारीले उत्पादनमुकल क्षेत्रमा लगानी बृद्धि भइरहेको बताउँदै तर अस्थिर ब्याजदर उद्योगी, व्यवसायीका लागि चुनौती बनेको उल्लेख गरे ।

कोहलपुर क्षेत्रमा सिभिल बैंकले सेवाग्राही माझ फरक छाप छोड्ने प्रदेश प्रमुख किरण धमलाले बताए । —‘यहाँका सेवाग्राहीलाई बढि भन्दा बढी लाभ पुग्ने गरी राम्रो सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनौ ।’— धमलाले भने । वित्तीय क्षेत्रमा ठुलो परिवर्तन आएको बताउँदै धमलाले बैंकले त्यस्तै नाफा खाना खान्छन् भन्नु गलत हुने उल्लेख गरे ।

कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले बोलेका थिए । स्वागत मन्त्व्य शाखा प्रबन्धक बसन्त रेग्मीले गरको थिए । छोटो समयमै बैंकिङ्ग क्यारियरमा जम्न सफल भएका रेग्मी कोहलपुर क्षेत्रको बारेमा जानकार छन् । उनले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै बैंक तथा वित्तीय कारोवारमा सिभिल बैंकलाई अब्बल बनाउने बताएका छन् ।