‘ह्याप्पी वल्र्ड’ को आर्कषक गेट यस्तो छ


नेपालगञ्ज–कोहलपुर सडकखण्ड अन्र्तगत हवल्दारपुरमा रहेको निर्माणाधिन मानसरोवर होली डे ईन ‘ह्याप्पी वल्र्ड’ को आर्कषक गेट । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको कोहलपुरको हवलदारपुरमा यो फन पार्क निर्माण भइरहेको छ । बाँकेमा निर्माणाधिन तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको ह्याप्पी वल्र्डको काम अन्तिम चरणमा पुगेको छ । जतिसक्यो छिटो काम सकेर  उद्घाटन गर्ने योजना बनाएको ह्याप्पी वल्र्डका सन्चालक मध्ये एक बिजय भण्डारीले जानकारी दिए ।

ह्याप्पी वल्र्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । चरणबद्धरुपमा थप सुविधा समेत बिस्तार गर्ने गरी अमुजमेन्ट पार्क निर्माणको काम पनि शुरु गरिनेछ । कुल ६ बिगाहक्षेत्रफलमा ह्याप्पी वल्र्ड फैलिएको छ । पूर्णरुपमा सन्चालनमा आए ५० जना बढिले रोजगारी पाउने भण्डारीले जानकारी दिए ।

बैशाख २ गते प्रकाशित समाचार तल सामान्य जानकारीका लागि प्रस्तुत गरिएको छ । यसबीचमा सबै फनपार्कको निर्माणको काममा प्रगति भएको छ ।

https://nepalgunjbusiness.com/2019/04/5663/

प्रकाशित मितिः     २ श्रावण २०७६, बिहीबार १६:१६  |