एजेन्टको आन्दोलनले नेपालगञ्ज भञ्सारमा अवरोध, व्यवसायीले पसल अगाडी कालोझण्डा राखे


नेपालगञ्ज – ढुवानी एजेन्टले भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवार डेढसय बढि ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।

नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पु¥याएर मालसामान सम्बन्धित ठाउँमा पु¥याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण नेपालगन्ज नाकामा आएका डेढसय बढि ढुवानीका साधन अलपत्र परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

‘नयाँ आर्थिक बर्षको पहिलो दिनदेखि नै काम बन्द गरेर भन्सार एजेन्टहरु आन्दोलनमा उत्रिएका छन्, एजेन्टले काम नगर्दा दुई दिनदेखि मालबाहक गाडी नाकामा अलपत्र परेका छन्,’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने ।

यस्तै नयाँ व्यवस्थाका बिरुद्धमा आन्दोलनरत नेपालगञ्जका उद्योगी, व्यवसायीले बिहिवार आफ्नो प्रतिष्ठान अगाडी कालोझण्डा लगाए । आज उद्योगी, व्यवसायीसंग नेपालगञ्ज उद्योग वाणिज्य संघले बृहद छलफल गर्दै छ ।

प्रकाशित मितिः     ३ श्रावण २०७६, शुक्रबार ०७:४८  |