कपुरकोटबाट एक महिनामै साढे सात करोडको तरकारी अन्य जिल्लामा बिक्री


  • शंकर के सी

सल्यान- एक महिनाको अवधिमा सल्यान कपुरकोटबाट साढे सात करोड भन्दा बढिको ताजा तरकारी तथा फलफुल वाहिर जिल्ला गएको
छ । गत जेठ २८ गतेदेखि असार मसान्त सम्म कपुरकोटका किसानले तरकारी विक्रि गरेर ७ करोड ६९ लाख १३ हजार ४ सय ४३ रुपैयाँ हात पारेका हुन् । कृषि उपज बजार केन्द्रले दिएको जानकारी अनुसार ८ हजार १ सय ३४ क्वीन्टल ताजा तरकारी तथा फलफुल कपुरकोटबाट ब्यापारिहरुले खरिद गरेर वाहिरि जिल्लामा लगेका छन् ।

एक महिनाको अवधिमा कृषि उपज बजार केन्द्रमा किसानहरुले ३ हजार २ सय ६९ क्वीन्टल टमाटर विक्रि गरेर ५ करोड ८१ लाख ७ सय ७८ रुपैयाँ प्राप्त गरेका छन् । यस्तै २ हजार ६ सय ९७ क्वीन्टल बन्दा गोभी विक्रिबाट ५४ लाख, ३४ हजार ६ सय ६३ रुपैयाँ, १ हजार ४ सय २८ क्वीन्टल फुल गोभीबाट १ करोड ६० लाख ४७ हजार ५ सय ७२ रुपैया कपुरकोटमा भित्रीएको छ ।

११२ क्वीन्टल सिमि विक्रिबाट ९ लाख ६४ हजार २४० रुपैयाँ, ४५२ क्वीन्टल भेडे खुर्सानीबाट ३० लाख २१ हजार ५९६ रुपैयाँ, ५३ क्वीन्टल काँक्राबाट २ लाख ५३ हजार ६७ रुपैयाँ, ४९ क्वीन्टल हरियो खुर्सानीबाट ४ लाख ५१ हजार ८०५ रुपैयाँ, ११ क्सीन्टल गाजरबाट ७२ हजार १०९ रुपैयाँ यहाँका किसानले हात पारेको बजार केन्द्रका एक कर्मचारी विष्णु प्रसाद गौतमले जनाए ।
उनका अनुसार १३ क्वीन्टल मुला विक्रि भएको छ । यसबाट ५९ हजार ४२२ रुपैयाँ प्राप्त भएको छ । यस्तै २ लाख ७७ हजार ५२० रुपैयाँ बराबरको २४ क्वीन्टल लसुन विक्रि भएको छ भने २ लाख ९१ हजार ३१० रुपैयाँको १६ क्वीन्टल अदुवा र ६ हजार ६० रुपैयाँ बराबरको ४ क्वीन्टल नास्पति विक्रि भएको छ ।

सल्यान जिल्लाकै सबैभन्दा ठूलो कपुरकोट स्थीत कृषि उपज बजार केन्द्रमा नेपालगञ्ज, बुटवल, धनगडी, घोराहि, तुलसिपुर लगाएत विभिन्न ठाउँबाट ब्यापारिहरु आएर तरकारि खरिद गरि लैजाने गर्दछन् । पछिल्लो समय यहाँका किसानहरुले ब्यवशायीक ढंगबाट तरकारि खेती विस्तार गरिरहेका छन् । कपुरकोट बजारका अलावा रीम, गर्पा, सिनवाङका विभिन्न स्थानमा तरकारि संकलन केन्द्रहरु रहेका छन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडकको विकास भएपछि ब्यापारिहरु किसानको खेतबारिमै गाडी लगेर तरकारि खरिद गर्न पुग्ने गरेका छन् ।

प्रकाशित मितिः     ३ श्रावण २०७६, शुक्रबार १२:०२  |