नेपालगञ्ज – प्यान नम्बरका आधारमा तलब सुविधा दिनुपर्ने नियम लागु भएको छ । अव्यवहारिक भन्दै यस्तो नियमको बिरोध भएपनि कयौ कामदारले प्यान नम्बर लिन शुरु गरेका छन् । नेपाली कामदारले त सहजै प्यान पाउँछन् तर भारतीय कामदारले कसरी पाउने ? भारतीय कामदारका भरमा उद्योग चलाउन बाध्य बाँकेका उद्योगीलाई यस्तो चिन्ताले सताएको छ ।
बाँकेमा रहेका अधिकांस ठुला उद्योगमा ठुलो संख्यामा भारतीय कामदार कार्यरत छन् । यही बसेर काम गरिरहेका मात्र होइन सीमावर्ती गाउँबाट बिहान साईकलमा आएर साँझ घर फर्किनेको संख्या पनि अत्याधिक छ । अब उनीहरुले नेपाली प्यान नम्बर कसरी पाउँछन् भन्ने अन्यौल रहेको उद्योगी, व्यवसायी बताउँछन् । ‘रहरले होइन बाध्यताले भारतीय कामदार राख्नुपर्छ । स्वदेशमा दक्ष जनशक्ति उत्पादन नहुँदा उनीहरुलाई बोलाउनुपर्ने बाध्यता छ ।’ एक उद्योगीले भने–‘यस्तो संख्या ठुलै रहेको अवस्थामा लागु भएको प्यानको नियमले मर्का पर्ने देखियो ।’
दुई ओटा सरकारी निकाय (श्रम विभाग र आन्तरिक राजस्व विभाग)बीच समन्वय नहुँदा भारतीय कामदारलाई प्यान नम्बर लिन सकस भएकाले नेपालगञ्ज जस्ता सीमावर्ती औद्योगिक शहर प्रभावित हुने देखिन्छ । नेपाली कामदारलाई प्यान नम्बरका आधारमा तलव दिनुपर्ने व्यवस्थाको बिरोध भइरहेका बेला भारतीय कामदारको के हुने हो भन्ने प्रष्ट छैन ।
https://nepalgunjbusiness.com/2019/06/7789/