‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी


नेपालगञ्ज : देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले प्रदेश नं. ५ मा एक वर्षभित्र दोब्बर बढि शाखा सञ्चालनमा ल्याएको छ । एघार शाखाबाट मात्र बैंक तथा वित्तीय कारोवार गर्दै आएकोमा गत आर्थिक वर्ष थप शाखा विस्तार गरी पच्चिस पु¥याइएको नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख पासाङ्ग दोर्जे शेर्पाले जानकारी दिए । विस्तार गरिएका शाखा मध्ये द्धन्द्धकालमा बिस्थापित पनि रहेका छन् । केही शाखा भने नयाँ रहेको पाइएको छ ।

नेपाल बैंकले प्रदेश नंं. ५ मा रहेका १२ जिल्ला मध्ये अर्घाखाँची बाहेक सबै जिल्लामा कारोवार गर्दै आएको छ । अब चाँडै सन्धिखर्कमा शाखा खोलेर त्यहाँ पनि उपस्थिती जनाउने योजना रहेको बैंकका प्रदेश प्रमुख शेर्पाले बताए । यस बाहेक उक्त बैंकले रोल्पा, रुकुम, प्यूठान, दाङ्गका सबै सरकारी काम हेर्दै आएको छ । ‘चालु आर्थिक वर्षमा नयाँ शाखा स्थापनाको योजना रहेको छ । तिव्ररुपमा यस कार्यलाई कार्यान्वयन गर्दै लैजान्छौ’ – शेर्पाले भने ।

पासाङ्ग दोर्जे शेर्पा : प्रमुख, नेपाल बैंक लिमिटेड प्रदेश ५

नेपाल बैंक मार्फत सेवाग्राहीलाई ‘स्मार्ट’ बैंकिङ्ग सेवा प्रदान गर्ने अग्रसरता लिएको शेर्पाले जानकारी दिए । उनले भने,–‘सरकारी बैंकप्रति हेर्ने नजर बद्लिएको छ । हामी स्मार्ट बन्दै छौ र स्मार्ट सेवा प्रवाह गर्न अग्रसर छौं ।’ शेर्पाले स्मार्ट सेवाका लागि बैंकको पूर्वाधार अत्याधुनिक बनाउनेदेखि कर्मचारीलाई प्रशिक्षणको काममा पोख्न बनाउने रणनीति रहेको सुनाए । उनले भने,–‘हामीसंग भएको पूर्वाधारलाई नै सुधार गर्छौ । नेपालगञ्जकै सिटी कार्यालयलाई नयाँपन दिन खोज्दै छौ । अरु ठाउँमा पनि हुन्छ । त्यसपछि सुविधा सम्पन्न अन्य पूर्वाधार जस्तै एसी जडानदेखि कर्मचारीलाई प्रशिक्षण दिने कार्यलाई प्राथमिकतामा राख्छौ ।’

प्रदेश नं. ५ प्रमुख शेर्पाले ‘शहरदेखि गाउँसम्म’ वित्तीय कारोवार गर्न नेपाल बैंक लिमिटेड पुगेको बताएका छन् । ‘हामी सामान्य नेपालीको मनमा बस्न सफल भएका छौं । हामीले बनाएको छबी नै यही हो ।’– शेर्पाले भने,–‘ यो छबी अझ उचाईमा पुर्याउन थप स्मार्ट बन्न जरुरी छ ।’

प्रकाशित मितिः     ४ श्रावण २०७६, शनिबार ११:५३  |