काठमाडौं । इन्टरनेटको पहँुच बढेसँगै इन्टेरियरको माग वृद्धि हुँदै गएको छ । नेपालीको रहनसहन परिवर्तन हुँदै जानु र इन्टरनेटको सहज पहँुच भएकाले इन्टेरियरको माग वृद्धि भएको इन्टेरियर एसोसिएसन अफ नेपालले जनाएको छ । ‘अहिले हरेकजसो मानिसले घर बनाउँदा सबैभन्दा पहिला इन्टेरियर (घर सजावट)को ख्याल गर्ने गर्छ,’ राजधानीमा आयोजित कार्याक्रममा एसोसिएसनका सचिव प्रार्थाना भट्टराईले भनिन्, ‘सिभिल इन्जिनियर, आर्किटेक्ट र इन्टेरियरको आवश्यकता एकसाथ पर्ने गरेको हो । मानिसले तीन कुरालाई एकसाथ लिएर अघि बढ्छन ।’
केही वर्ष अघिसम्म घरलाई बाहिरी रुपमा मात्रै सजाउने गरिन्थ्यो । तर, अहिले घरलाई भित्री रुपमा सजाउने प्रचलन बढेको उनको भनाइ छ । एकातिर इन्टरनेटको वृद्धि हुँदै गएको र त्यसैले इन्टेरियरको माग बढ्दै गएको एसोसिएसनले जनाएको छ । भट्टराईका अनुसार अहिले दुई ओटा कलेजले नेपालमा इन्टेरियरको ब्याचलरसममको कोर्ष पढाइरहेको छ । यसले गर्दा पनि बजारमा नयाँ नयाँ विद्यार्थी उत्पादनत भएइको एसोसिएसनले बताएको छ ।
पछिल्लो समय घर बनाउँदा वास्तुलाई एकदमै ख्याल गर्ने गरेका छन् । वास्तुलाई ख्याल गर्दा इन्टेरियरसँगै आउने हेरिटेज नेपालका प्रबन्ध निर्देशक कमल आचार्यले जानकारी दिए ।
लिगेरोका सेल्सतर्फका निर्देशक महेन्द्र खान्नाका अनुसार इन्टेरियर डिजाइज गर्दा सबैभन्दा पहिला लाइट कस्तो राख्ने भनेर छान्नुपर्ने बताउँछन् । ‘घरको कोठालाई आकर्षक बनाउन लाइटिङको ज्यादै महत्व हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले लाइट कुन ठाउँमा कसरी राख्ने भनेर छान्नुपर्छ ।’
लिगेरोले विगत लामो समयदेखि एलईडी लाइट उत्पादन गर्दै आएको कम्पनी हो । यसले विद्युत् कम खपत गर्ने लाइट उत्पादन गरेर बिक्री गरिरहेको छ ।
एसोसिएसनका महासचिव श्यामबहादुर श्रेष्ठका अनुसार घरभित्रको सामग्रीलाई बैज्ञानिक तवरबाट मिलाउनका लागि इन्टेरियरको अत्यधिक महत्व हुन्छ ।
‘कुन सामग्रीलाई कसरी मिलाएर राख्दा कोठाको सौन्दर्यता बढ्छ, त्यो इन्टेरियर डिजाइनरले जानेको हुन्छ,’ महासचिव श्रेष्ठले भने ।
इन्टेरियरभित्र लाइटिङ, मार्वल, सोफा सजावटलगायतका सामग्रीलाई कसरी राख्ने भनेर ख्याल गरिने उनको भनाइ छ । एसोसिएसनका अनुसार बार्षिक रुपमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । अहिले नेपालमा ३ हजार भन्दा बढी इन्टेरियर डिजाइनर छन् । त्यसमध्ये एसोसिएसनसँग २ सय जना आवद्ध छन् ।
नेपालमा बार्षिक रुपमा एक सय २० जना इन्टेरियर डिजाइनर थपिने गरेको एसोसिएसनले जनाएको छ । इन्टरनेटको सहज पहुँच, नेपालमा सामूहिक तथा व्यवस्थित आवास बन्नु र नेपालीहरु विदेश आवात जावातले पनि इन्टेरियरको महत्व बढाएकोे एसोसिएसनका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।
इन्टेरियर डिजाइनर गराउँदा घरको कोठालाई आकर्षक बनाउँछ । सुन्दरता ल्याउँछ र मनलाई आनन्दित बनाउने भएकाले हरेक मान्छेले घर बनाउँदा इन्टेरियलाई धेरै ख्याल गर्ने गरेको हेरिटेज नेपालका प्रबन्ध निर्देशक आचार्य बताउँछन् ।
#क्यापिटल नेपालबाट#