यस्तो छ वित्तीय पहुँचको अवस्था


बुधवार नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिमा देशभरको वित्तीय पहुँचको अवस्था यस्तो छ ।

१. सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने नीति अनुसार २०७६ असारसम्ममा ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । २०७५ असारमा यस्तो संख्या ६३१ रहेको थियो ।

२. २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ६४१४ रहेको थियो ।

३.. २०७६ जेठ मसान्तको तथ्याङ्कलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिनसक्ने अवस्था रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ४४९३ रहेकोथियो ।

४ सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई निरन्तरता दिइएको छ । २०७६ बैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड ७३ लाख तथा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ ।

५. २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको छ । त्यसैगरी, मोबाइल बंैकिङ्गका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख
१३ हजार पुगेको छ ।

६ २०७६ बैशाखमा लघुवित्त वित्तीय संस्थाहरुको कुल बचत सदस्यको संख्या ४१ लाख ५८ हजार र ऋणीको संख्या २६ लाख १३ हजार पुगेको छ । यसैगरी यी संस्थाहरुले रु. ७९ अर्ब ५९ करोड बचत संकलन र रु. २२५ अर्ब ७ करोड कर्जा प्रवाह गरेका छन्।

७. नेपाल सरकार र यस बैंकको बीउपुँजी लगानीमा स्थापना भई यस बैंकमार्पmत संचालन हुँदै आएको ग्रामीण स्वावलम्बन कोष कार्यक्रमको संचालन साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्पmत हुने गरी हस्तान्तरण गरिएको छ ।

प्रकाशित मितिः     ९ श्रावण २०७६, बिहीबार ०८:०६  |