बाँके ९ साउन – बाँकेका होटलको प्रर्वधनका लागि आज नेपालगञ्जमा सरोकारवालासंग बृहद छलफल आयोजना गरिएको छ । बिजनेश नपाउँदा लगानी डुब्ने होकी भन्ने चिन्ताले झस्किएको अवस्था छ । होटल व्यवसायी संघ बाँकेले होटल व्यवसायीका समस्या समाधानका लागि निरन्तर पहल गरिरहेका बेला बिहिवार सर्बपक्षिय अन्तरक्रिया आयोजना गरेको अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए ।
कँडेका अनुसार, सर्बपक्षिय छलफलमा ट्राफिक व्यवस्थापन, अवैधरुपमा सञ्चालनमा रहेका सवारीसाधन नियन्त्रण गर्ने, प्रादेशिक राजधानी, अन्र्तराष्ट्रिय उडानको पहल लगायतका बिषयमा व्यापक छलफल भएको थियो । त्यस्तै व्यवसायीबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्ने र व्यवसायीबीच पनि गुणस्तरमा ध्यान दिने लगायतका बिषयमा छलफल भएको कँडेलले बताए ।