रु ५४ लाखको छोहरा र चेरी आयात


बाँके -नेपालगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०७५/०७६ मा  रु २७ लाख ९१  हजारको खजुर, छोहरा र रु २७ लाख ८९ हजारको चेरी फल आयात भएको छ ।  खजुर, छोहरा चाडपर्व लगायत अन्य समयमा पनि प्रयोग हुन्छ । चेरी भने मौसमी फल हो । यि फलफुलको व्यवसायीक खेती नेपालमा हुँदैन ।

नेपालगञ्ज भञ्सार कार्यालयका अनुसार, गत आर्थिक वर्ष ३४ हजार किलो खजुर, छोहरा आयात भएको थियो । त्यस्तै २५ हजार ८ सय ६७ किलो चेरी आयात भएको थियो । नेपालगञ्ज भञ्सार हुँदै भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ ।

प्रकाशित मितिः     ११ श्रावण २०७६, शनिबार ०८:००  |