सुर्खेतको पायनियर सहकारीले उत्पादन ग¥यो ‘सरफ’, प्रदेशभर पु¥याउने लक्ष्य


सुर्खेत – वीरेन्द्रनगर–३ स्थित पायनियर बहुउदेश्यीय सहकारी संस्थाले सरफ उत्पादन शुरु गरेको छ । यसका लागि रु ५० लाख बढि लगानीमा दैनिक एक टन सरफ उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरिएको छ ।

‘पिएमसी’ नामको सरफ उत्पादन शुरु गरेको पायनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योगका व्यवस्थापक मिनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार केही दिनमै सरफको मार्केटिङ्ग तिव्ररुपमा गरिने छ । ‘उत्पादनको परिक्षण सफल भएको छ । अब बजारमा जाँदै छौं ।’– नेपालीले भने । कर्णाली प्रदेशकै पहिलो सरफ उद्योग सञ्चालन गरिएको नेपालीले जानकारी दिए ।

युवा बैज्ञानिक तथा उद्यमी राजेन्द्र विष्टको प्राविधिक सहयोगमा उक्त सहकारीले १३ प्रकारका रसायनको सन्तुलन मिलाएर ‘पिएमसी’ नाम गरेको सरफ उत्पादन शुरु गरेको हो । उनी चर्चिच केमिष्ट हुन । उक्त उद्योगमा उत्पादन भएको डिटरजेन्ट पाउडर कर्णाली प्रदेशभर खपत गर्ने योजना रहेको छ । अहिलेको उत्पादन सफल भए पछि सावुन उत्पादन गर्ने योजना पनि रहेको नेपालीले बताए । उद्योगमा नौं जना कर्मचारीले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रकाशित मितिः     ११ श्रावण २०७६, शनिबार ११:५२  |