भिसिटीएस प्रणालीमा धमाधम जोडिन थाले ब्यवसायी


काठमाडौं। सरकारले साउन १ देख लागू गरेको भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) व्यवसायीको आकर्षण बढेको छ। प्रणाली सुरु भएको केहि दिनमै १८ हजार ५ सय ३८ व्यवसायी यो प्रणालीमा समाहित भैसकेका छन्।

राजस्व अनुसन्धान विभागका अनुसार ६ हजार २ सय १९ ट्रेडर्स, ५ हजार ९ सय ९५ वटा उद्योग, ३ हजार ४५ आयातकर्ता, होलसेलर १४ सय ३ रहेका छन्। यस्तै ट्रान्सपोर्ट ७ सय २४, कस्टम ऐजेन्ट ५ सय ९४ र अन्य ४ सय ८५ वटा समाहित भएका छन्।

विभागले विहान ६ बजेदेखि राति ११ बजेसम्म प्रणालीको विषयमा जानकारी गराइरहेको छ। प्रणाली सुरु भएपछि विरोधमा उत्रिएका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, ढुवानी व्यवसायी सहमति नजिक पुगसकेका छन्। यसको लागि विभागले वार्ता तथा छलफल गरिरेहको छ।

प्रणालीको विषयमा व्यवसायीले सुरक्षा चासो देखाएका थिए। तर सो विषयमा पूर्ण सुरक्षा व्यवस्था गरिएको विभागका निर्देशक राजिव पोखरेलले बताए।

‘जो सुकै व्यापारीको विवरण सजिलै अन्य व्यापारीले प्रयोग गर्छन भन्ने डर छ गोपनियताको विषयमा विभाग पुर्ण रुपमा जिम्मेवार छ’ निर्देशक पोखरेलले भने, ‘यो प्रणाली सूचना तथा प्रविधि विभागबाट प्रमाणित गरेरै प्रयोगमा ल्याइएको हो।‘

३ महिनासम्म विभागले यो प्रणालीको बारेमा सु( सुचित गराउनेछ भने सो समयवधिमा पनि समाहित नभए १ रुपैयाँदेखी ५० हजार जरिवाना गर्नेछ। विभागले जरिवानाको जिम्मा फिल्ड अफिसरलाई दिएको छैन।   #बिजमाण्डुबाट#

प्रकाशित मितिः     ११ श्रावण २०७६, शनिबार १६:१६  |